Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १५, २०८२

नेपालगन्ज -  नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज बनाएका हुन् । 

नेपालगञ्जको कारकाँदोमा रहेको तारे होटल सिद्धार्थ भ्यूले ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै आवास तथा खानमा विशेष छुटको घोषणा गरेको छ । होटलका प्रबन्धक बद्री कोइरालाले खानामा १५ प्रतिशत र आवासमा ४० प्रतिशत छुट रहेको राससलाई जानकारी दिए ।

उनले भने, “आगन्तुक पाहुनाले कस्तो प्याकेज मन पराउनुहुन्छ । त्यस्तै प्रकारको प्याकेज पाउन सक्नुहुन्छ ।”   सो प्याकेज यही पुस १० देखि १७ गतेसम्म एक साताका लागि रहने कोइरालाको भनाइ छ ।  प्रबन्धक कोइरालाले बुधबार हुने ‘न्यू इअर इभ’ मा चर्चित गायक प्रकाश सपुतलगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिए। 

Hardik health

अर्को तारे होटेल स्टार लाइटले पनि ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै छुटको घोषणा गरेको छ । सो कार्यक्रममा प्याकेज अनुसारको छुट रहेको उल्लेख गर्दै आवासमा समेत छुट दिन सकिने जनाएको छ ।  “युवा पुस्तालाई आकर्षण गर्नेगरी प्याकेज बनाएका छौँ,” स्टार लाइट होटेलका अप्रेसन म्यानेजर रचित श्रेष्ठले भने । उनले २०२५ को अन्तिम दिन अर्थात् बुधबार विशेष कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहने बताए । 

होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै खानामा प्याकेज अनुसार छुट दिने जनाएको छ । पौवाका प्रबन्धक गिरीराज पाण्डेले विशेष आकर्षक प्रस्तुतिसहित सुपथ मूल्यमा खानाको स्टल लगाइने र ग्राहकले आफ्नो क्षमताअनुसार खानामा खर्च गर्ने बताए । 

त्यसैगरी सुनाखरी होटलले ‘न्यू इअर इभ’का लागि खानामा २० प्रतिशत छुट दिने भएको छ । सुनाखरी होटेल तथा रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले दुई दिनका लागि सुप लगायतका केही परिकार निःशुल्कसमेत हुने उल्लेख गरे । यसबाहेक यहाँ रहेका होटलहरु कलपतरु, सिटी प्यालेस, वाटिका, स्नेहा लगायतले बर्सेनि विभिन्न कार्यक्रमसहित ग्राहकलाई खाना तथा अवासमा छुट दिने गरेका छन् । यहाँका तारे होटेलका ग्राहक अधिकांश भारतीय हुने गर्छन् । 

होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, बाँकेका उपाध्यक्ष रेशम पोखरेलले जिल्लामा दर्ता भएका होटेल ६५० र अन्यसहित एक हजार ५०० को हाराहारीमा साना तथा ठूला होटेल भएको जानकारी दिए । 
 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP