Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  •  कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
 कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १३, २०८२

विराटनगर - विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।

छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्‍याउन सकिने बताए ।  पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे । 

नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव(महोत्सव प्रवद्र्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताए ।  “नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो,” उनले भने । उनले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए । 

उद्घाटन सत्रमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक(फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेको बताए । प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले प्रचार(प्रसारको अभाव चुनौती बनेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको धारणा थियो ।

Hardik health

कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले प्रस्तुति दिए । उनले कोशी प्रदेशको आधार नै पर्यटन भएको भन्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने बताए ।

“विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ,” उनले भने । भारतसँगको सामिप्यतालाई अवसरका रूपमा उपयोग गर्दै बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिने र क्रस–बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको बताए । विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्र चलायमान गराउन टेवा पुग्ने उनको भनाइ थियो ।

कोशी प्रदेश पर्यटनसम्बन्धी प्यानल छलफलको सहजीकरण कृष्ण साहले गरेका थिए । प्यानलमा कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा। इन्द्रप्रसाद सापकोटा, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल र आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेल सहभागी थिए ।

छलफलमा व्यवसायी दुलालले हालैको आन्दोलनका कारण होटल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रिया र सरकारी सहुलियत नपाएको बताउँदै भने,‘‘हामीले होटल पुर्ननिर्माण गरेर संचालन नै गरिसकेपछि सुविधा पाइने भयो भनेर सूचना पाइयो । तर, त्यसअघि सरकारका निकाय धाउँदा धाउँदा थाकिएको थियो ।’’ पर्यटन मन्त्रालयका सचिव सापकोटाले निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको भन्दै प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्ने प्रयास गरिरहेको बताए । प्राकृतिक रुपमा रहेका पर्यटन क्षेत्रको प्रचार गरेमात्र पनि ठूलो उपलब्धि लिन सक्ने र यसमा निजीक्षेत्र सँग साथै हिंड्न सरकार तयार रहेको बताए ।

पोखरेलले पर्यटन क्षेत्रमा करियरको सम्भावनाबारे विद्यार्थीमा जानकारीको अभाव रहेको उल्लेख गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने सन्देश दिनुपर्ने बताइन् ।होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटल निर्माण हुने क्रम बढेको जानकारी दिए ।छलफलले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेकोमा विज्ञ तथा प्यानलिष्टको निष्कर्ष थियो ।
 


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP