काठमाडौं - नेकपा एमालेले सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा केहीबेर अघि एमालेको सचिवालय बैठक शुरु भएको छ । ११औं महाधिवेशनपछि एमालेको यो पहिलो सचिवालय बैठक हो ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुंगो लगाउने र ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।