Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२

अर्घाखाँची-  जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्न थालेको हो ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्यांकी निर्माणका लागि पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानीको ट्यांकी निर्माणका लागि खच्चरलाई पानी बोकाएर काम सुरु गरिएको छ । 

पञ्चासेमा मुल रहेको खानेपानी हिल स्टेसनसम्म पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट लिफ्टिङ विधिबाट आयोजना सञ्चालन गरिएको सन्धिखर्क-७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए । उनका अनुसार मोटरबाटो नपुगेको स्थानमा खानेपानी ट्यांकी निर्माण गर्न दैनिक सात वटा खच्चरले पानी बोकेर कामलाई तीव्रता दिइएको छ ।

Hardik health

डोल्पाबाट हिँडेका सात वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको वडाध्यक्ष केसीले जानकारी दिए । “पञ्चासे मुलबाट ट्यांकी निर्माण हुन लागेको छोर्लेकमा सात वटा खच्चरले दैनिक पाँच पटक पानी लैजान्छन् । एउटा खच्चरले एकपटकमा ७० लिटर पानी बोक्न सक्छ”, उनले भने  । 

प्रतिखच्चर दैनिक रु पाँच हजार दिने गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले जानकारी दिए । “यसरी पानी बोकाउँदा करिब एक लिटरको रु १० पर्ने गरेको छ”, उनले भने ।  खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानका रूपमा परिचित छ । हिल स्टेसनसम्म पुग्ने पूर्वाधारसहित अन्य सुविधाको पहुँच सहज बन्दै गएको यो क्षेत्र अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष केसीले बताए । हिल स्टेसनमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन हुने उहाँले विश्वास व्यक्त गरे ।

सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित बनाउन र विकास गर्न योजनाबद्ध रूपमा काम गरिरहेका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले लिएको उनको भनाइ छ ।

सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँचीको पहिचानका साथै पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने उहाँले विश्वास व्यक्त गरे  । 


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १५:१०
#खाँचीकोट
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP