Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ६, २०८३
Energy Drink Energy Drink

गोरखा- भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ।

दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्माछेवाङ लामाले जानकारी दिए।

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए। “यस्तो त कहिल्यै भएको थिएन। खै के भएको हो, पानी र हिउँ परिरहेको छ,” वडाअध्यक्ष लामा भन्छन्, “झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ। त्यही भएर आरोही धमाधम फर्किएका छन्।”

Ncell
Hardik health

मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनको भनाइ छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुईसातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउँछन्।

“बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो। यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिन,” उनले भने, “यो वर्ष त पानी नन्स्टप परिरहेको छ। हिमपात पनि उस्तै छ। बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ। क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ।" जोखिम देखेपछि आरोही फर्किएको उनको भनाइ छ।

बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मारछिरिङ लामा बताउँछन्। “हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे। यसपालिचाहिँ अल्लि धेरै फर्केका छन्। मौसम प्रतिकूल भएर होला,” उनले भने, “अहिलेसम्म १० प्रतिशतजति फर्किए होलान्।”

विश्वमै ख्याति रहेको आठ हजार १६३ मिटर मनास्लु आरोहण गर्न यस याममा करिब ५०० आरोहीले अनुमति लिएका थिए। गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए। त्यसबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो। रासस


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १६:२७
#हिमपात #मनास्लु
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP