Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२

विराटनगर  -  विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन गरिएको हो ।

सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष अलग्गै सेसन समावेश गरिएको बताए ।

“पछिल्ला दुई-तीन दशक हेर्दा उद्योग–व्यवसायमा पुरुषको वर्चस्व देखिन्छ, तर अहिले विश्वभर महिला उद्यमशीलता तीव्र रूपमा बढ्दै गएको छ,” राठीले भने, “हाम्रो समाज पनि परिवर्तन हुन जरुरी छ । महिला उद्यमीका संघर्ष, समस्या र सफलताका वास्तविक कथामार्फत व्यवसायिक यात्रा कस्तो हुन्छ भन्ने सन्देश दिन खोजेका हौं ।”

उनका अनुसार सेसनले महिला उद्यमीबीच नेटवर्क विस्तार गर्न र समाजमा ‘महिला उद्यमशीलता आजको आवश्यकता हो’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ । कार्यक्रम संयोजक अनिल शारडाले एक्स्पो अवधिभर नियमित रूपमा थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए । “यो पटक फरक ढंगले एक्स्पो स्थलमै पहिलो पटक यस्ता सेसन आयोजना गरिएको हो,” उनले भने, “विद्यार्थीलाई केन्द्रमा राखेर उद्यमशीलताका सैद्धान्तिक र व्यवहारिक आयामबारे ज्ञान दिने उद्देश्य राखिएको छ ।”

Hardik health


पहिलो दिनको पहिलो सेसन ‘महिला उद्यमशीलताः चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित थियो । ‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा भएको छलफलको सहजीकरण श्रुती शर्माले गरेकी थिइन् । सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित रूपमा नबढे पनि सम्भावनाका ढोका खुला रहेको धारणा राखे । सेसनकी किनोट स्पिकर विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले आफ्नो उद्यमशीलता र राजनीतिक यात्राको अनुभवबारे जानकारी गराइन ।

“म विद्यार्थी हुँदा राजनीतिमा आउने कल्पना नै थिएन,” उनले भनिन्, “विवाहपछि करिअर सकिन्छ भन्ने सोच गलत हो । मैले विवाहपछि नै धेरै उपलब्धि हासिल गरेँ ।” फेसन डिजाइनिङप्रतिको रुचि, पारिवारिक व्यवसाय, बुटिक र  उद्योग सञ्चालनदेखि राजनीतिसम्मको यात्राबारे बोल्दै उनले भनिन्, “आफ्नै पहिचान बनाउनुपर्छ भन्ने सोचले मलाई अघि बढायो । चुनौती धेरै आए, तर हार मानिनँ ।” उनले महिला उद्यमीलाई सन्देश दिँदै भनिन्, “नेपालमा काम गर्ने वातावरण छैन भन्ने होइन, बाटो आफैं बनाउनु पर्छ । चुनौती नचिर्ने हो भने आउने पुस्तालाई झनै गाह्रो हुन्छ ।”

 लिलिपुट प्रिमियर स्कुलकी सञ्चालक अमिना तिम्सिनाले शिक्षा क्षेत्रमा डेढ दशक अघिदेखिको उद्यमशील यात्राबारे आफ्ना अनुभव आदान प्रदान गरिन् । “सात जना विद्यार्थीबाट सुरु गरिएको स्कुल आज ९ सय विद्यार्थी र १२० स्टाफको परिवार बनेको छ,” उनले भनिन् । उनका अनुसार शिक्षा क्षेत्रमा सफलता एकदिनको प्रयासले होइन, निरन्तर फोकस र अभिभावकको विश्वासले सम्भव हुन्छ । “आफूलाई अपडेट नगरे आउटडेटेड भइन्छ,” भन्दै तिम्सिनाले प्रविधि र व्यवस्थापकीय ज्ञान अपरिहार्य भएको उल्लेख गरिन् ।

 धरानकी उद्यमी तथा ‘मनतुना चकलेट’ ब्रान्डकी सञ्चालक अंकिता गिरीले आफ्नो संघर्षपूर्ण यात्रा सुनाइन् । “ब्रान्ड बनाउनु सजिलो थिएन, दुर्घटना र असफलतासमेत भोगें,” उनले भनिन्, “तर सपना बुन्न छाडिनँ । सानोबाट सुरु गर्नुहोस्, एकदिन त्यो ठूलो बन्छ ।” रिट कस्मेटिक्सकी सञ्चालक अञ्जना कट्टेल सुवेदीले उद्यमी बन्नुअघि कर्मचारीको अनुभव अनिवार्य हुने धारणा राखिन् ।

“इम्प्लोइको संघर्ष बुझेपछि मात्र राम्रो उद्यमी बन्न सकिन्छ,” उनले भनिन् । कम्फर्ट जोनबाट बाहिर ननिस्केसम्म महिलाहरुले धेरै काम गर्न नसक्ने बताउँदै आफू पहिले कर्मचारीको रुपमा कार्य गर्दै उद्यमी बनेको बताइन । उनले भनिन्,“चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सक्यौं भने सफलता टाढा हुँदैन ।”बारी रोस्टरीकी सञ्चालक डिना प्रधानले नेपाली कफीलाई ब्रान्ड बनाउने यात्राबारे आफ्ना अनुभव साटासाट गरेकी थिइन । “कोभिडको कठिन समयमा पनि नेपाली कफी प्रवद्र्धन गर्ने सोचले अघि बढ्यौं,” उनले भनिन्, “अवसर नेपालमै छन्, सोच र निरन्तरता चाहिन्छ ।”

सफ्टवेयर उद्यमी लुबिना शर्माले आईटी क्षेत्रमा महिला सहभागिता अझै कम भए पनि सम्भावना प्रशस्तै रहेको बताइन् । “इन्टरनेट र स्किल भए जहाँबाट पनि काम गर्न सकिन्छ,” उनले भनिन्, “सिनारियो परिवर्तन हुँदैछ, अगाडि बढिरहनु नै मुख्य कुरा हो ।”  संघका अनुसार शुक्रबार आईटी, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ, ई–कमर्स र स्टार्टअप आइडिया पिचिङसम्बन्धी सेसन हुनेछन् । सरकारले ल्याएका नीतिले उद्यमशीलता कसरी बढाउँछ भन्ने विषयमा समेत छलफल गरिनेछ ।विराट ट्रेड एक्स्पोअन्तर्गत सुरु भएको यी थिमेटिक सेसनले महिला, युवा र विद्यार्थीलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने कार्यक्रम संयोजक अनिल शारडाले बताए ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP