काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका तीन सय ८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।
रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ ।
समानुपातिकतर्फका आकांक्षीबाट आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। रास्वपाले शुल्कबाट दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।