Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
विचार
  • Home
  • विचार
  • सेयर बजारबाट हट्न नसकेको ग्रहण
सेयर बजारबाट हट्न नसकेको ग्रहण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ९, २०८२
रिसव गौतम

 

जेन-जी आन्दोलनपछि पनि कांग्रेस-एमालेको परिवर्तन नभएको सोच र अति राजनीतिले सेयर बजारका लगानीकर्तालाई अन्योल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थिरता र शान्तिपूर्ण व्यावसायिक वातावरण आउनेमा ढुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु भmन् बढी संकटपूर्ण पो हुने हो कि ? भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् । अन्योलग्रस्त छन् । 

बढ्नुपर्ने सेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दाझर्दा सेयर बजार परिसूचक दुई हजा ५८४ अंकको बिन्दुमा आइपुगेको छ । मंगलबार ३.२७ अंकले बढेर उक्त बिन्दुमा कायम भएको हो ।

नयाँ गभर्नरमा प्रा.डा. विश्व पौडेल आइसकेपछि सेयर बजार लगानीकर्ताका धेरै मागहरु पूरा गरिएका थिए । नीतिगतरुपमा अहिले सेयर बजारलाई बाधा व्यावधानहरु छैनन् । बैंक तथा वित्तीय संस्थाहरुको ‘ब्यालेन्स सिट’ पनि अघिल्लो आर्थिक वर्षभन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक वर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरु आक्रान्त थिए । खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक वर्षदेखि सुधार देखिन थालेको हो । तर  पनि यस वर्ष बैंकहरुले थोरै भए पनि लाभांश घोषणा गरिरहेका छन् । जीवन बिमा कम्पनीहरुले त यस वर्ष आकर्षक लाभांश घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरुले पनि राम्रै हिसाबको लाभांश घोषणा गरिरहेका छन् । ऊर्जा कम्पनीहरुमा त्यति चार्मिङ नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरुको पनि अवस्था त्यति नराम्रो होइन । यद्यपि, ऊर्जा क्षेत्र देशले आश गरेको समृद्धिको आधारशिला हो । यस क्षेत्र आजभन्दा १० वर्ष अघिसम्म एक दर्जनभन्दा बढी नेप्सेमा सूचीकृत थिएनन् । अहिले ९७ वटा जलविद्युत् कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन् । देशले विद्युत् निर्यात बढाउँदै लगेको छ । कम्पनीहरुले निर्माणको चरणमा ऋणपान गरेरै विद्युत् उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभांश दिन सक्ने अवस्थामा पुगिसकेका छैनन् ।

Hardik health

हालैको जेन-जी आन्दोलनपछि होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ । तर पनि पर्यटन आगमन बढ्न थालेकै छ । अर्थतन्त्रको ऐनाको रुपमा हेरिने सेयर बजारको प्रतिविम्ब भने अँध्यारो छ । सेयर बजार दिनहुँ जसो ओरालोमात्र लागिरहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त सेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।

पुराना दलहरुको अति राजनीति
वास्तवमा जेन-जी आन्दोलनपछि सेयर बजारको नुर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको सेयर बजार परिसूचकमा हठात् भएको जेन-जी आन्दोलन र त्यसपछिको परिस्थितिले उच्च अंकको गिरावट ल्याएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि मौद्रिक नीतिमार्फत सेयर बजारलाई जब प्रोत्साहनकारी नीति ल्यायो । त्यही ताका नै आन्दोलन सुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थिति भोगिरहेको छ ।

जेन-जी आन्दोलन भएको १०० दिन बितिसकेको छ । चुनाव गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ । तर चुनाव हुनेमा संशय उत्तिकै कायम छ । किनकि, कांग्रेस-एमाले जस्ता दलहरुको अति राजनीतिले चुनावी वातावरण बन्न सकेको छैन । उनीहरु भन्नलाई चुनावबाट भाग्दैनौं भनिरहेका छन् । निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूची दर्ता पनि गरिरहेका छन् । तर उनीहरुको मूल ध्येय सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना गराउने कसरतमा छ । 

उनीहरुले जेन-जी विद्रोहलाई विद्रोह नै मानिरहेका छैनन् । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् । फगत २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरुले सत्ता सञ्चालकको हिसाबले लिनै मानिरहेका छैन । त्यसकारण जेन-जी आन्दोलनपछि पनि कांग्रेस-एमालेको परिवर्तन नभएको सोच र अति राजनीतिले सेयर बजारका लगानीकर्तालाई अन्योल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थिरता र शान्तिपूर्ण व्यावसायिक वातावरण आउनेमा ढुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु भmन् बढी संकटपूर्ण पो हुने हो कि ? भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् । अन्योलग्रस्त छन् । त्यसमाथि जेन-जी आन्दोलनताका सत्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्कर्षमा डर त्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरुकोे नै स्वर ठूलो हुँदै आएको छ । उनीहरु नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त सेयर लगानीकर्ताले आगामी दिन झन् संकटपूर्ण हुने ठान्ने नै भए । 

कांग्रेस सभापति शेरबहादुर देउवा जेन-जी आन्दोलनपछि विक्षिप्त भएर पार्टीमा कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनै सक्रिय हुँदै आएका छन् । कार्यवाहक दिएर करिब राजनीतिबाट बिदा लिएझैं गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् । सो पार्टीले महाधिवेशनसम्म गर्न सकेको छैन । बरु जेन-जी आन्दोलनताका सत्ता गठबन्धन गरेको दल एमालेकै पछिपछि लागेर कांग्रेस पनि प्रतिनिधिसभा पुनस्र्थापनाका लागि दौडिरहेको छ । बहुमत निवर्तमान प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर गराएर सर्वोच्चमा पूरक रिट लैजाँदै छन् । अर्थात् जेन-जी आन्दोलनले ज-जसलाई ‘आउट’ भनेको थियो, उनीहरु नै ‘इन’ भइरहेका छन् । 

तिनै बूढा पुराना र सदियौंदेखि सत्ताको तालाचाबी लिएर बसेकाहरु हावी भएपछि नयाँ भनिएकाहरु रुष्ट छन् । एकपक्ष फागुन २१ मै चुनाव चाहन्छन् अर्कापक्ष प्रतिनिधिसभा पुनस्र्थापना गरेर पुरानो विरासत फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा व्यावसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डर, त्रास र धम्कीहरु बढिरहेका छन् । यस्तो अवस्थामा सेयर बजारको नुर गिर्नु स्वाभाविक हो ।

बढ्दो अराजकता 
पुराना राजनीतिक दलहरुको अति राजनीति त भयो नै । नयाँ कतिपयबाट अराजकता पनि बढिरहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दोलन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुध्रुवबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुराभन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ ।

जेन-जी आन्दोलनकै क्रममा पनि २३ गते हिंसा भड्किएपछि २४ गते देशका धेरै संघ संस्था, निजी क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब रुपैयाँ हाराहारी नोक्सानी भएको आकलन छ । तथ्यांकमा ८४ अर्ब रुपैयाँ नोक्सानी भए पनि विश्वले देखेको सो आगजानी, लुटपाट तथा तोडफोड घटनाले देशमा व्यावसायिक मनोबल गिराएको छ । व्यावसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगमा नकारात्मक असर परेको छ । उद्यम व्यवसाय गर्न बैंकहरुमा ऋण लिन जानेहरुसम्म हच्किएका छन् । भोलि के हुने हो भनेर डराइरहेका छन् ।

यस्तैमा बिमा कम्पनीहरुले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् । व्यावसायिक माहोल भत्किएको छ । अराजकता बढेको छ । चन्दा, आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यावसायिक जगत आक्रान्त छ । शान्ति सुरक्षाको वातावरण खलल भएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था अझै कायम छ । फलस्वरुप सेयर लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।

अन्त्यमा, माथि उल्लिखित अवस्थाका बीच पनि लगानीकर्ताहरुले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । देशलाई राजनीतिक संक्रमणबाट बाहिर निकाल्न चुनावको विकल्प छैन । त्यसैले चुनाव सम्पन्न गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरु चुनावमा जाने अवस्था सिर्जना गराउन व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाव हुँदा सबै कुराको सामाधान मिल्ने छ भने चुनाव सर्‍यो वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्ने छ । त्यसकारण चुनाव गराउनका लागि सबैको सहयोग अपरिहार्य छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप विचार
काइते भयो घाइते !
काइते भयो घाइते ! मंगलबार, पुस ८, २०८२
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट मंगलबार, पुस ८, २०८२
सञ्चारमन्त्रीलाई खुलापत्र
सञ्चारमन्त्रीलाई खुलापत्र सोमबार, पुस ७, २०८२
राजस्व परिचालनको अवस्था र सुधार गनुपर्ने पक्ष
राजस्व परिचालनको अवस्था र सुधार गनुपर्ने पक्ष आइतबार, पुस ६, २०८२
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो शुक्रबार, पुस ४, २०८२
गाउँ रित्ता, सहरमा अराजकता 
गाउँ रित्ता, सहरमा अराजकता  बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP