Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखर–गगन नै सार्ने माहोल बनाउँदै
कांग्रेस महाधिवेशन शेखर–गगन नै सार्ने माहोल बनाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ९, २०८२

काठमाडौं– नेपाली कांग्रेसमा संस्थापनइतरका नेताहरु मंसिरमा जसरी पनि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिन्थे । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्ने भन्दै जोडतोडले आवाजसमेत उठाएका थिए ।संस्थापनइतरकै नेताहरु डा. शेखर कोइराला, महामन्त्री गगन थापा यसको पक्षमा थिए । उनीहरुले नियमित महाधिवेशन मंसिरमै गराउन दबाब दिन हस्ताक्षरसमेत संकलन गरे । कांग्रेस केन्द्रीय समितिलाई दबाब दिएर पुसको २६ गतेबाट काठमाडौंमा गर्ने गरी १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न शेखर र गगन सफल पनि भए ।

अधिवेशन केही लम्बिन सक्छ । तर मैले सार्न खोजेको होइन, म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो ।
डा शेखर कोइराला
नेता, नेपाली कांग्रेस

तर यी दुवै नेता अहिले महाधिवेशन सर्ने भन्दै सार्वजनिकरुपमा बोल्न थालेका छन् । मंगलबार कांग्रेस नेता डा. कोइरालाले काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिकरुपमै महाधिवेशन सर्ने बताए । ‘अधिवेशन केही लम्बिन सक्छ । तर मैले सार्न खोजेको होइन, म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो,’ उनले भने ।कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयमा नसकिएकोले महाधिवेशन सर्ने उनको भनाइ थियो । मंगलबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक नवीकरणको समय पुस ९ गते मध्याह्न १२ बजेसम्म थपेको छ । यसअघि पुस मसान्तभित्र नवीकरण विवरण पठाइसक्ने समय तोकिएको थियो । 

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले केन्द्रबाट पठाएका चार लाख फाराममा क्रम संख्या उल्लेख नगरेको पाइएपछि त्यसलाई लिएर विवादसमेत भयो । यो विषय लिएर शेखर सभापति शेरबहादुर देउवासँग भेट्न गएका थिए । त्यसपछि उक्त फारामको ठाउँमा नयाँ फाराम पठाइएको छ । ती फारामहरु जिल्ला जिल्लामा पुग्न ढिलाइ हुँदा कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित बन्न थालेको छ ।

Hardik health

कोइरालाले व्यंग्य गर्दै भने, ‘क्रियाशील सदस्य नयाँ थपिए । नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरि सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’ कोइरालाको व्यंग्य महामन्त्री थापातिर लक्षित थियो । महामन्त्री थापा कांग्रेस क्रियाशील व्यवस्थापन समितिका संयोजक हुन् ।

जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

उनै थापाले जिल्लाजिल्लामा पठाएका छ लाखमध्ये चार लाख फाराम क्रम संख्या नभएको भेटिएको हो । थापाले फर्जी काम गरेको आरोपसमेत शेखरले लगाए । यसै कारण महाधिवेशन धकेलिँदै गएको उनले आरोप लगाए । कांग्रेसको महाधिवेशनलाई लिएर सबैले सोध्दा कहिलेकाहीँ दिक्क लाग्नेसमेत शेखरले सुनाए । ‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार÷चार वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिलेकाहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ?,’ कोइरालाले प्रश्न गरे ।  

यता महामन्त्री थापाले पनि सोमबारमात्र महाधिवेशन सर्न सक्ने संकेत गरेका थिए । क्रियाशील सदस्यता व्यवस्थापनमा ढिलाइ हुने उल्लेख गर्दै थापाले भनेका थिए, ‘जुन मितिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला ।’ तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशनमा अघि बढ्ने चेतावनी थापाको थियो । ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ,’ थापाले भनेका थिए । संस्थापन पक्षले भने वैशाखको अन्तिममा मात्र महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन पुस १६ गतेका लागि तोकिएको छ । गाउँ तथा नगर समितिदेखि जिल्लाहुँदै प्रदेश कार्यसमितिको अधिवेशन भएपछि महाधिवेशन हुन्छ । कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय गरिएको छ ।

यो कार्यतालिकामा मुख्यगरी कांग्रेस नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले आपत्ति जनाएका थिए । तयारी नपुगेकाले पुसमा महाधिवेशन हुनै नसक्ने ठोकुवा उनीहरुले गरेका थिए । अहिले उनै नेताहरुको असहयोगका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको गगनको आरोप छ । ‘जसले यो कार्यतालिकाको विरोध गरेका थिए, उहाँहरु नै अब अधिवेशन सर्छ सर्छ भनिरहनुभएको छ,’ थापाले भने ।
 


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP