Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण
मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२

पाटन- विभिन्‍न मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण भएकाे छ । उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले नेपाली कांग्रेसको क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान  परिस्थितिमा पनि  देशलार्ई निकास दिन पहल गर्नुपर्नेमा जोड दिए । “दलहरू पनि देशलाई राजनीतिक निकास दिनेतर्फ लाग्नुपर्छ, अहिले देश सङ्कटमा छ, हामीले सहमति गर्ने हो, हामी निर्वाचनमा केन्द्रित भइसकेका छौँ, सरकारले के कस्तो वातावरण बनाउनुपर्छ, राजनीतिक दलको अपेक्षा र सुझाव पनि सरकारलाई आवश्यक छ”, मन्त्री सिन्हाले भने।

मन्त्री खरेलले  प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दलबीच संवाद जारी राखेको बताए । उनले भने, “सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर हामीले सबै राजनीतिक दलसँग छलफल गरिरहेका छौँ । चुनावको वातावरण बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । का निम्ति विश्वसनीय  वातावरण पनि बनाउँछ ।” निर्वाचनको वातावरण बनाउन सरकारले सरोकार भएका सबै पक्षसँग वार्ता गरिरहेको मन्त्री खरेलको कथन थियो । 

Hardik health

मन्त्री खरेलले जेनजी आन्दोलनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको  क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहनाअनुसार पार्टी कार्यंलय भवन कसरी पुनर्निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताए । मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने, “हामी सबै मिलेर निर्वाचनमा जानुपर्छ । सबै दलको दृष्टि चुनावमा हुनुपर्छ ।” 

टोलीलाई सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत पदाधिकारीले आन्दोलनमा भएको क्षतिबारे जानकारी दिए । 
 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP