Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शक्ति होडमा दलहरू, कांग्रेस मौन
शक्ति होडमा दलहरू, कांग्रेस मौन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ६, २०८२

 

  • एमाले, नेकपा, रास्वपा, श्रम संस्कृतिलगायत दलहरू जनसमर्थन जुटाउने होडमा
  • जुलुस, सभा, सम्मेलन, भेला र कोणसभामार्फत शक्ति प्रदर्शन गर्दै प्रभाव विस्तार गर्ने रणनीतिमा
  • विघटित प्रतिनिधिसभाका मुख्य दल नेपाली कांग्रेस भने निर्वाचन केन्द्रित गतिविधिविहीन
  • प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षपाती दलको रूपमा उभ्याउने प्रयत्नमा कांग्रेस

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू जनसमर्थन जुटाउन केन्द्रित भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसम्मले राजधानी र विभिन्न जिल्लामा शक्ति प्रदर्शन गर्दै आफ्नो प्रभाव र जनआधार देखाइरहेका छन् ।

दलहरूले जुलुस, सभा, भेला र कोणसभामार्फत कार्यकर्ता तथा समर्थकलाई सडकमा उतार्दै चुनावी माहोल पनि तताइरहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासनको अभाव, बढ्दो महँगी र बेरोजगारीजस्ता विषयलाई मुख्य एजेण्डा बनाउँदै दलहरू एकअर्कासँग प्रतिस्पर्धाजस्तै गरी शक्ति प्रदर्शनमा उत्रिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले त शनिबार बागमती प्रदेशस्तरीय एकतासभा काठमाडौंमा गरेर श्रमिक, किसान र सीमान्तकृत समुदायका मुद्दा उठाउँदै जनसंघर्षको राजनीतिलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । यसबाहेक प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुनुपर्ने भन्दै नेकपाले खबरदारी गरेको छ । जेन-जी समूहको नाममा स्टण्ट नगर्न चेतावनी पनि दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहालले शनिबार काठमाडौंमा आयोजित एकतासभामा भने, ‘फागुन २१ को निर्वाचन हुनुपर्छ, निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो । निर्वाचन बिथोल्ने काम कसैले नगरोस् ।’

Hardik health

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै कांग्रेस र एमाले सर्वोच्च अदालत पुगिसकेका छन् । यी दुई मुख्य दल सर्वोच्च पुगेपछि निर्वाचन बिथोलिने हो कि भन्ने संशय छ । संयोजक दाहालले यिनै दुई दललाई लक्षित गर्दै निर्वाचन नबिथोल्न चेतावनी दिएका हुन् । 
यो प्रतिनिधिसभा निर्वाचन चाहने र ताजा जनादेश पक्षधरहरूको जनसमर्थन जुटाउने दाहाल रणनीतिको रूपमा अथ्र्याइन थालिएको छ । तर, उनले रास्वपा, श्रम संस्कृति पार्टीदेखि उज्यालो नेपाल पार्टीलाई जेन-जीको नाममा स्टण्ट नगर्न चेतावनी दिए । ‘जेन-जीका नाममा यहाँ स्टण्ट पनि गरिरहेको देखिन्छ । तर, जेन-जीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो जसले नया पुस्ताका मुद्दा र दलबीचको वैचारिक प्रतिस्पर्धालाई पनि जोड दिएको छ,’ दाहालले भने । 

जेन-जीहरू गत २३ र २४ भदौमा भएको विद्रोहको मुख्य हिस्सेदार शक्ति हुन् । प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा दाहालले उनीहरूलाई नै आकर्षित गर्नेगरी नेकपा जेन-जीहरूको असली प्रतिनिधि भनेका हुन् । नेकपाले देशको सबै प्रदेशमा चुनावीसभा शैलीमा एकतासभा गरेको छ । ठूलो संख्यामा नेता कार्यकर्ता सडकमा उतारेर जनलहर देखाउने कोसिस गरेको छ । निर्वाचनपछि देशको पहिलो शक्ति बन्ने दाबी पनि नेकपाले गर्दै आएको छ । 

उसो त एमालेले २७ मंसिरमै ११औं महाधिवेशनको खुला सत्रलाई शक्ति प्रदर्शनको रूपमा उपयोग गर्‍यो । जेन-जी विद्रोहपछिको त्यो नै ठूलो भीड थियो । राजनीतिक विश्लेषक भीम भुर्तेलको विचारमा त्यो भीडले जेनजी-को नाममा देशमा भएको हिंसा र अराजकताविरुद्ध मतदाता, समर्थक, शुभेच्छुकलाई आश्वास्त पार्नेगरी राजनीतिक सञ्चारको काम गर्‍यो । जेन-जी विद्रोहपछि पुराना दलहरू सकिए भन्ने भाष्यलाई गलतमात्रै सावित गरेन, उत्थानशील भएको सन्देश पनि दियो ।

यसपछि एमालेले काठमाडौं केन्द्रित गर्दै आएको प्रदर्शनले पार्टीप्रतिको जनआकर्षण र प्रभाव देखाउने प्रयास गर्दै आएको छ । त्यस क्रममा प्रतिनिधिसभा पुनस्र्थापना, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदको फुकुवालगायतको एजेण्डा एमालेले उठाउँदै आएको छ । शुक्रबार त जेन-जी विद्रोह दबाउन बल प्रयोग गराएको आरोपको सामना गर्दै आएका ओलीले सरकारले आफूलाई छोए देश ठप्प पार्ने चेतावनी दिए । ओलीको यो चेतावनी त्यस्तो बेला आयो, जतिबेला सरकारले जेन-जी विद्रोह जाँचबुझका लागि गठित कार्की आयोगले बयानका लागि पक्राउ नै गर्ने जनाएको छ । कारण, ओलीले बयान दिन जान इन्कार गर्दै आएका छन् । 

उनै ओली नेतृत्वको एमाले सडक मोर्चामा सरकारविरुद्ध सशक्त उभिएको छ । सुशीला कार्की नेतृत्वको नागरिक सरकारको प्रतिवाद गर्दै आएको छ ।  यता शुक्रबार थुनामुक्त रास्वपा सभापति रवि लामिछाने तीव्र गतिमा पार्टीको माहोल बनाउन खटिएका छन् । उनीविना पार्टी ‘प्यारालाइज्ड’ जस्तै थियो । पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री सुमना श्रेष्ठलगायत एउटा पंक्ति अलग भएको पृष्ठभूमिमा पार्टीलाई पुनःजागृत गर्न लामिछानेले सक्रियता बढाएका हुन् । उनले चितवन र काठमाडौंमा ठूलो भीड जम्मा पारे । रास्वपाप्रतिको जनविश्वास अझै नगुमेको सन्देश दिने प्रयास गरे । पार्टीको समर्थन आधार झनै विस्तार हुँदै गएको देखाउन चाहे । 

आफूमाथि लागेको सहकारी ठगीको आरोपलाई भीडमार्फत खारेज गर्ने कोसिस गरे । उनले अब देशभर पार्टीपंक्ति जुझारुपनका साथ परिचालन गर्ने बताएका छन् । त्यसका लागि माहोल बनाउन उनी आफैं देश दौडाहमा निस्किने बताए । नयाँ दल श्रम संस्कृति पार्टी पूर्वको कोशीहुँदै लुम्बिनीको बुटवल पुगेको छ । निर्वाचन माहोल बनाउँदै बुटवल पुगेको पार्टी सुदूरपश्चिमसम्मै प्रभाव फैलाउँदै जान लागेको छ । मुख्य वक्ता नै अध्यक्ष हर्क साम्पाङ छन् । उनको दलले पहिलोपटक राष्ट्रियस्तरमा आफ्नो उपस्थिति देखाउने प्रयास गरेको छ । श्रम, आत्मनिर्भरता र स्थानीय उत्पादनलाई मुख्य एजेण्डा बनाउँदै पार्टीले उल्लेखनीय सहभागितासहित कार्यक्रम आयोजना गर्दै आएको छ । यसलाई वैकल्पिक राजनीतिक धारको संकेतका रूपमा हेरिएको छ ।

तर, विघटित प्रतिनिधिसभाका मुख्य दल नेपाली कांग्रेस भने निर्वाचन केन्द्रित गतिविधिविहीन छ । जेन-जी विद्रोहपछि एकपटक केन्द्रीय समिति बैठक र कार्यसम्पादन समिति बैठकबाहेक पार्टीले केही गतिविधि गरेकै छैन । बरु, पछिल्ला दिनमा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षपाती दलको रूपमा उभ्याउने प्रयत्न गरिरहेको छ । नेता प्रकाश स्नेही रसाइली पार्टीले चाँडै निर्वाचनकेन्द्रित कार्यक्रम अघि सार्ने बताउँछन् । तर, कहिले भन्ने उनले खुलाएनन् ।


 


प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP