Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

काठमाडौं-  सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज यहाँ आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रुपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोष (सस्टेनेबल एनर्जी च्यालेन्ज फण्ड) ले खेलेको भूमिकाको प्रशंसा गरे  ।  उनले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न कोषले प्रोत्साहन गरेको, नवीन प्रविधिको प्रयोग बढाएको र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पुगेको बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा चुनौती कोषजस्ता कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरे  । 

जिआइजेडका कार्यक्रम प्रबन्धक डा फ्याङ्क फेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवर्द्धनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दिगो ऊर्जा चुनौती कोषमार्फत साना तथा मध्यमस्तरका ऊर्जा परियोजनालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिए  । उक्त कार्यले स्थानीयस्तरमा उद्यमशीलता विकास, ऊर्जा पहुँच विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको फेचरको भनाइ छ ।

Hardik health

कार्यक्रममा केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारी र उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, जर्मन दूतावासका बेन्जामिन सैडेल, जर्मन विकास नियोग (जिआइजेड) का कार्यक्रम प्रबन्धक डा फेचर, विनका सल्लाहकार उसा मास्के मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका राजीवमङ्गल जोशी, नेपालस्थित बेलायती दूतावासका साम फेल, ऊर्जा विशेषज्ञ सुमन ढकाललगायत वक्ताले आफ्नो धारणा राखेका थिए  । 

स्वच्छ, दिगो तथा वातावरणमैत्री ऊर्जा विकासका सम्भावना, हालसम्म भएका उपलब्धि र आगामी अवसरबारे कार्यक्रममा छलफल गरिएको थियो । वक्ताहरूले स्वच्छ ऊर्जामा लगानी बढाउन अझै नीतिगत सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता र अन्तरराष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राखेका थिए । यस्तै, ऊर्जा क्षेत्रमा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र स्थानीय क्षमताको विकासमा जोड दिनुपर्नेमा धेरैको जोड थियो ।  कार्यक्रममा दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सञ्चालनमा आएका परियोजनाका अनुभव, सिकाइ र सफलताका कथा प्रस्तुत गरिएका थिए ।  
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै
बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै शुक्रबार, पुस ४, २०८२
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित बिहीबार, पुस ३, २०८२
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित बिहीबार, पुस ३, २०८२
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव बिहीबार, पुस ३, २०८२
नेपाल-कम्बोडिया अन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा
नेपाल-कम्बोडिया अन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP