Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

काठमाडौं-  सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज यहाँ आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रुपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोष (सस्टेनेबल एनर्जी च्यालेन्ज फण्ड) ले खेलेको भूमिकाको प्रशंसा गरे  ।  उनले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न कोषले प्रोत्साहन गरेको, नवीन प्रविधिको प्रयोग बढाएको र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पुगेको बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा चुनौती कोषजस्ता कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरे  । 

जिआइजेडका कार्यक्रम प्रबन्धक डा फ्याङ्क फेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवर्द्धनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दिगो ऊर्जा चुनौती कोषमार्फत साना तथा मध्यमस्तरका ऊर्जा परियोजनालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिए  । उक्त कार्यले स्थानीयस्तरमा उद्यमशीलता विकास, ऊर्जा पहुँच विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको फेचरको भनाइ छ ।

Hardik health

कार्यक्रममा केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारी र उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, जर्मन दूतावासका बेन्जामिन सैडेल, जर्मन विकास नियोग (जिआइजेड) का कार्यक्रम प्रबन्धक डा फेचर, विनका सल्लाहकार उसा मास्के मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका राजीवमङ्गल जोशी, नेपालस्थित बेलायती दूतावासका साम फेल, ऊर्जा विशेषज्ञ सुमन ढकाललगायत वक्ताले आफ्नो धारणा राखेका थिए  । 

स्वच्छ, दिगो तथा वातावरणमैत्री ऊर्जा विकासका सम्भावना, हालसम्म भएका उपलब्धि र आगामी अवसरबारे कार्यक्रममा छलफल गरिएको थियो । वक्ताहरूले स्वच्छ ऊर्जामा लगानी बढाउन अझै नीतिगत सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता र अन्तरराष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राखेका थिए । यस्तै, ऊर्जा क्षेत्रमा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र स्थानीय क्षमताको विकासमा जोड दिनुपर्नेमा धेरैको जोड थियो ।  कार्यक्रममा दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सञ्चालनमा आएका परियोजनाका अनुभव, सिकाइ र सफलताका कथा प्रस्तुत गरिएका थिए ।  
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP