Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

म्याग्दी-  प्राकृतिक सौन्दर्यले भरिपूर्ण मंगला गाउँपालिका-५ अर्मनको चांगाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।  समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चांगामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हाे । 

चांगाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।  पहिलो पटक चांगा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरिले चांगाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताए । उनले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताए चांगा प्रकृति, जीवनशैली र संस्कृतिको सङ्गम मानिन्छ । 

यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । चांगा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ । पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मंगला-५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए।


उनका अनुसार चांगा खर्कमा वनभोजस्थल चांगा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जङ्गलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ । “स्थानीयवासी र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार भएको छ, चांगा खर्कको पाखोबारीमा चिया बगान बनाउने तयारीमा जुटेका छौँ, चांगामा घरबास सञ्चालन गरेर पर्यटकको बसाइलाई आरामदायी बनाउने सोचमा छौँ”, वडाध्यक्ष खत्रीले भने । 
अहिले हिउँदयाममा वनभोज र घुमघामका लागि सवारीसाधन हुँदै आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । विभिन्न संघसंस्थाले आफ्नो साधारणसभा तथा बैठकसमेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको सुरुआत भएको छ । 

Hardik health

गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ ।  बाबियाचौरबाट छिसबाङ, टीकाबाङ, सिरकुम हुँदै चांगा पुग्न सकिने वैकल्पिक बाटो रहेको छ भने चांगाबाट मंगला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल तिनचुले जाने पदमार्ग जोडिएको छ । 

मंगला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनका लागि गाउँपालिकाले पहल थालेको अध्यक्ष शतप्रसाद रोकाले बताए । उनले चांगाबाट देखिने प्राकृतिक सौन्दर्यताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिइएको बताए ।

चांगामा १७ घरधुरीको बसोबास छ । यहाँ परम्परागत रुपमा कोदो, मकै, फापर, तोरीलगायत अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेतीसमेत हुने गर्छ । परम्परागत रुपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ । शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । 

प्राकृतिक सौन्दर्यता र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिकसँगै बाह्यपर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए।  उनले चांगालाई केन्द्रित गरेर गाउँपालिकाभित्रका पर्यटकीयस्थल चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चांगा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराहताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आवश्यक रहेको बताए । 

मनोरम हिमाल र ग्रामीण भू-वनोटको दृष्यसँगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ । यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरबास सञ्चालन, प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको छ । 

कच्ची सडकको ट्र्याकलाई स्तरोन्नति गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउनसकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP