Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै
बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

महोत्तरी-  बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । 

छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत  एक अर्ब २० करोड रुपैयाँ लाग्ने जनाइएको छ । बर्दिबास-६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडा (लिज) मा लिएर निर्माण कम्पनीले काम थालेको हो ।  छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्ष्यका साथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताए । आयोजना निर्माणको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार एक समारोहबीच गरेका   हुन् ।

निर्माण थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमा सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने योजना रहेको चन्दले बताए । “हामीले काम सुरु गरिसकेकाले छ महिनाभित्र उत्पादन हुने अपेक्षा छ । उत्पादित विद्युत् ढल्केबर ग्रिड महाशाखालाई उपलब्ध गराउने छौँ”, उनले भने, “यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी परिवारको उपयोगमा आउने छ ।”

Hardik health

काम सुरु भएसँगै चौलिखा वरपरका किसान खुसी भएका छन् । “हाम्रो लागि स्थानीयस्तरमा ठूलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौँ”, बर्दिबास-७ का जगन्नाथ महतोले भने, “सिँचाइ नभएको बाँझो जग्गाको उपयोग हुनुका साथै हामीलाई आर्थिक लाभ पनि भएको छ ।” कम्पनीले प्रतिकट्ठा जग्गाको बर्सेनि रु चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उनले जानकारी दिए।

उक्त सम्झौता कम्पनी र किसानले बर्दिबास-६ वडा समितिको कार्यालयको रोहबरमा गरेका हुन् । आयोजनअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र तीन लाख ३३ हजार सौर्य (सोलर) प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणमा प्रतिकूल प्रभाव नपर्ने र कम झन्झटिलो हुने विद्युत् क्षेत्रका विज्ञको भनाइ छ ।

“यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो प्रभावकारी हुनेछ”, ढल्केबर ग्रिड महाशाखाका प्रमुख श्रीनारायण मण्डलले भने, “यसले निर्धारित समयमा उत्पादन दिएर हामीलाई दिने विद्युत् महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।”

आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये एक रहेको उल्लेख गरे । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उहाँले प्रतिबद्धता जनाए । “यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ”, मुख्यमन्त्री यादवले भने, “हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौँ ।” यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौँ नागरिकले रोजगारीको अवसर पनि पाउने जनाउँदै उनले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गरे ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित बिहीबार, पुस ३, २०८२
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित बिहीबार, पुस ३, २०८२
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव बिहीबार, पुस ३, २०८२
नेपाल-कम्बोडिया अन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा
नेपाल-कम्बोडिया अन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा बिहीबार, पुस ३, २०८२
खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी
खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP