Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाधिवेशनबाट फेरि ‘ओलीराज’ अनुमोदन
एमालेमा परिवर्तनको विपक्षमा मत महाधिवेशनबाट फेरि ‘ओलीराज’ अनुमोदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२
  •  पदाधिकारीमा ईश्वर पोखरेल नेतृत्वको प्यानलबाट गोकर्ण विष्ट (उपाध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्र विजयी
  •  जेन–जी विद्रोहको माग थियो एमाले नेतृत्वबाट ओलीको बिदाइ तर ओलीले त्यो हुन दिएनन्, बरु आफूलाई जोगाउन र ओलीतन्त्रको रक्षामा ढाल बनेर उभिएका महेश बस्नेतलाई पनि सचिवमा सानदार जित दिलाए
  •  अध्यक्षमा ह्याट्रिक गरेसँगै बढ्यो ओलीको दम्भ, सरकारविरुद्ध आक्रामक अभिव्यक्ति
  •  जाँचबुझ आयोगमा बयान नदिने, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्ने चेतावनी, सरकार र जेन–जीबीचको सम्झौता पनि अस्वीकार

काठमाडौं– नेकपा एमालेमा निरन्तर राज गरिरहेका केपी शर्मा ओलीले यसपटक ‘अर्ली महाधिवेशन’ गराए । त्यो पनि इतर पक्षलाई प्यानलै निर्वाचन लड्ने मौका दिएर । चितवन महाधिवेशन सम्झनेहरुले यसलाई ओली अन्तरिक लोकतन्त्रमा खुल्न थालेको भन्दै प्रशंसा थाले । तर निर्वाचनको नतिजा र जितपछिको ओली अभिव्यक्ति सुन्दा एमालेमा परिवर्तनको कुनै छनक नदेखिएको प्रस्टै हुन्छ । पदाधिकारीमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १९ जनाकै इतर उम्मेदवारी परेको थियो । तर उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जित निकाल्न सके । 

बाँकी १७ जना पदाधिकारीमा ओलीकै वर्चश्व रहने भएको छ । यो भनेको ओलीको अनुदार प्रवृत्तिलाई अनुमोदन गर्नु हो । ओलीकै मनपरिका कारण भदौ २३ र २४ गते जेन–जी विद्रोह भएको थियो । जसका कारण सत्तामा रहेका ओली सडकमा पुगेका थिए ।जेन–जी विद्रोहको माग थियो एमाले नेतृत्वबाट ओलीको बिदाइ । तर ओलीले त्यो हुन दिएनन् । बरु महाधिवेशनबाट ‘ह्याट्रिक’ गरे । आफूलाई जोगाउन र ओलीतन्त्रको रक्षामा ढाल बनेर उभिएका महेश बस्नेतलाई पनि सचिवमा सानदार जित दिलाए ।

जेन–जी विद्रोहको प्रस्ट सन्देश एमाले बदलिनु भन्ने भए पनि प्रतिनिधिहरुले त्यो आवाज नसुनेको एमाले नेता उषाकिरण तिम्सेना बताउँछिन् । ‘पार्टीमा हामी बदलिनुपर्छ कि पर्दैन भन्ने विवाद थियो । महाधिवेशनले जे छ ठिकै छ भन्ने निर्णय दियो,’ तिम्सेनाले भनिन् । तिम्सेना एमालेभित्र प्रतिपक्षीका रुपमा चिनिएकी नेत्री हुन् । ओली प्रवृत्तिविरुद्ध खरो आवाज उठाउँदै आएकी उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । तर तिम्सेना पराजित भइन् । ओलीको जितलाई एमालेकै नेताहरु अहंकारको अनुमोदन भएको बताउँछन् ।

अध्यक्षमा पुनः निर्वाचन हुनासाथ ओलीले दिएको अभिव्यक्तिबाट नै यो पुष्टि हुन्छ । सरकार र जेन–जीबीच भएको सम्झौतालाई इंगित गर्दै ओलीले भने, ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेन–जीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’यतिमात्र हैन ओलीले जेन–जी विद्रोहको क्रममा भएको दमन र नरसंहारबारे बयानसमेत नदिने छाँट देखाएका छन् । आफूलाई छोएको दिन यो सरकार ढाल्ने ओलीले चेतावनी दिए । ‘नेकपा एमाले को नेतृत्वमाथि प्रचारको हल्लाले भएन ।

Hardik health

अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ,’ अध्यक्षमा विजयी भएर शपथ लिएलगत्तै ओलीले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नुपर्छ । ढालिने छ यो सरकार ।’यसका लागि एमाले देशभरिबाट तयारी हालतमा बस्नुपर्नेसमेत उनले बताए । ‘संसारमा केही महँगो पथ्र्यो भने एमालेलाई छुनु महँगो पर्ने छ । यो कुराका लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ,’ ओलीले भने ।


अध्यक्षमा ओली, पदाधिकारीमा को–को आए ?
एमालेको ११औं महाधिवेशनले ओलीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । ओलीले एक हजार ६६३ मत पाउँदा प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले एक हजार ७३७ मत, विष्णुप्रसाद पौडेलले एक हजार ६७५ मत, रामबहादुर थापाले एक हजार ५१६ मत, गोकर्णराज विष्टले एक हजार ३६८ मत र रघुजी पन्तले एक हजार २५८ मत पाएर निर्वाचित भए ।

त्यसैगरी महासचिवमा ओली प्यानलकै शंकर पोखरेल एक हजार २२८ मत पाउँदै निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत पाए । उपमहासचिवमा लेखराज भट्टले एक हजार ४५२, रघुवीर महासेठले एक हजार ३६८ र योगेश भट्टराई एक हजार ३४८ मत पाउँदै निर्वाचित भए ।

सचिवमा महेश बस्नेतले एक हजार ५४४, छविलाल विश्वकर्माले एक हजार ५०६, पद्माकुमारी अर्यालले एक हजार ५३०, शेरधन राईले एक हजार ५०३, हिक्मतकुमार कार्कीले एक हजार ३३७, खगराज अधिकारीले एक हजार ३३१, यमलाल कँडेलले एक हजार १८५, राजन भट्टराईले एक हजार १८१ र भानुभक्त ढकाल एक हजार १०८ मत पाउँदै निर्वाचित भए । 

४० मुनिका १५ जनामा को–को ?
एमालेको केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जनामा खुलातर्फ दुई जना, भूगोलबाट आठ जना तथा समावेशीअन्तर्गत आदिवासी जनजातितर्फ दुई जना, मधेसीबाट तीन जना र दलितबाट दुई जना गरी ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको छ । 

केन्द्रीय सदस्यको खुला युवातर्फको दुई सिटमा नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । सातै प्रदेश र उपत्यका विशेष गरी भूगोलतर्फको युवा क्लस्टरमा कडा प्रतिस्पर्धा भएको थियो । यसमध्ये कोशी प्रदेशबाट क्षितिज थेबे, मधेस प्रदेशबाट इञ्जिनियर मोबिन आलम, बागमती प्रदेशबाट निशा अधिकारी, गण्डकी प्रदेशबाट नवराज ओझा, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी र राजधानी विशेषबाट सुनिता डंगोल निर्वाचित भएका छन् । 

समावेशी क्लस्टरको पाँच जना युवामध्ये आदिवासी जनजाति युवातर्फ सम्राट गौचन र मनोज ताम्ली निर्वाचित भएका छन् । मधेसी युवातर्फ अमरकुमार यादव र रौनित शाह निर्वाचित भएका छन् । दलित युवातर्फ निता घतानी निर्वाचित भएका छन् । 

ओलीसहित १४ पदाधिकारी केन्द्रीय सदस्यमा पराजित
एमालेका १४ जना पदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्षमा निर्वाचित केपी शर्मा ओली केन्द्रीय सदस्यमा पराजित भए ।  त्यस्तै, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिवमा शंकर पोखरेल पनि केन्द्रीय सदस्यमा पराजित भए । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ पनि केन्द्रीय सदस्यमा पराजित भए । सचिवमा निर्वाचित भएका महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी र यामलाल कँडेल पनि केन्द्रीय सदस्यमा पराजित बने ।

यसैगरी उपमहासचिवमा पराजित विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भए । महासचिवमा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि अनुमोदन हुन सकेन । महासचिवमा ९९९ मत पाएका पाण्डेले केन्द्रीय सदस्यमा ९६१ मतमात्र पाए । १९ पदाधिकारीमध्ये पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुजी पन्त, योगेश भट्टराई र छविलाल विश्वकर्माले केन्द्रीय सदस्यमा जित निकाले । एमाले विधानमा पदाधिकारी र केन्द्रीय दुवैतर्फ उम्मेदवार बन्न पाउने व्यवस्थाअनुसार नेताहरुले दुवैतर्फ उम्मेदवारी दिएका थिए । जसमा अधिकांश पराजित भएका हुन् ।


निर्वाचित पदाधिकारी
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्षः विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट
महासचिवः शंकर पोखरेल
उपमहासचिवः रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई
सचिवः छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत


 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP