काठमाडाैं- नेकपा एमालेको सचिवमा अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन ।महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।
९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् ।
यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।
यस्तो बन्यो पदाधिकारी टिम
- अध्यक्ष : केपी शर्मा ओली
- उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
- महासचिव : शंकर पोखरेल
उपमहासचिव
- लेखराज भट्ट
- रघुवीर महासेठ
- योगेश भट्टराई
सचिव
- महेश बस्नेत
- पद्माकुमारी अर्याल
- छविलाल विश्वकर्मा
- शेरधन राई
- हिक्मत कुमार कार्की
- खगराज अधिकारी
- यामलाल कँडेल
- राजन भट्टराई
- भानुभक्त ढकाल