काठमाडौं - नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् ।
ओलीसँग यसपटक ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।