काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । निर्वाचन आयोगले दिएको ओलीको विवरण अनुसार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।