Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी
खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२

खोटाङ-  कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्‍चालनगर्न लागिएको हो । 

प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढंगले संकलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए । खोटाङ उद्योग वाणिज्य संघको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन्   । 

उनले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिएका छन् । प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्‍चालनहुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित संकलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने गर्नेछ ।

Hardik health

दश स्थानीय तह रहेको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य संघसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ । प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।  जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीले आफूखुशी संकलन गरेर लाने गरेका छन् । बहुमुल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसान समस्यामा पर्दै आएका छन् । 

सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाका किसानले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
दश महिनामा ८८ अर्ब बराबरको निर्यात
दश महिनामा ८८ अर्ब बराबरको निर्यात शुक्रबार, जेठ १५, २०८३
भर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
भर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड शुक्रबार, जेठ १५, २०८३
जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन
जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन बिहीबार, जेठ १४, २०८३
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात बिहीबार, जेठ १४, २०८३
मूल्य समायोजनको व्यवस्था गरिदिन सरकारसँग महासंघको आग्रह 
मूल्य समायोजनको व्यवस्था गरिदिन सरकारसँग महासंघको आग्रह  बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP