Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२

गलकोट ‍-बागलुङ जिल्लाको ठूलो मेलाको रूपमा रहेको बागलुङ महोत्सव यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने आठौँ बागलुङ महोत्सव नजिकिएसँगै प्रचारप्रसारलाई व्यापक बनाइएको छ । 

महोत्सव हुने स्थान बाङ्गेचौर खेल मैदानमा रमाइलो मेला, मञ्चलगायत सामग्री आइसकेका छन् भने बागलुङ बजार तुल तथा व्यानरले झिलिमिलि बनाउन थालिएको छ ।  ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले यस पटकको महोत्सव पृथक हुने धारणा राखे  ।

अध्यक्ष शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास थालिएको बताए । उनले महोत्सवमा यानीमाया, सोरठीलगायत नृत्य देखाइने छ भने नेवारी समुदायका विभिन्न झाँकी प्रदर्शन गरिने जानकारी दिए । सोही तयारीअन्तर्गत अहिले प्रचारप्रसालाई तीव्र बनाइएको उनहाँको भनाइ छ ।

Hardik health

पर्यटन प्रवर्द्धनसँगै जिल्लाको विकास निर्माणमा महोत्सवले सहयोग पु¥याउने शाक्यको भनाइ छ । आठ लाखदेखि १० लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको बताउँदै उनले रु १० करोड माथि आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको जानकारी दिए ।मुनाफाबाट कोसेली घर व्यवस्थित गर्ने, सडक मानवमुक्त बनाउने अभियानमा लागेको मानव सेवा आश्रमको कामलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रतिटिकट रु १० सहयोग गर्ने, खेलकुदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य सङ्घबाट सञ्चालित सदस्य कल्याणकारी कोष सञ्चालनका लागि रु पाँच लाख जम्मालगायत सामाजिक उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।

महोत्सवलाई बागलुङको व्यवसाय र पर्यटन प्रवर्द्धनसँग जोडिने छ भने अवलोकन गर्न अउने पर्यटकलाई बागलुङ बजार नजिकका पर्यटकीयस्थल भ्रमणको व्यवस्था मिलाइने छ । जिल्ला र प्रदेशका पर्यटकीयस्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय भागो, गुन्द्रुकलगायत उत्पादनको प्रचारप्रसार गर्ने गतिविधि सञ्चालन हुनेछन् ।महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामग्री प्रर्दशनी राखिने छन् । 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP