काठमाडाैं - वैदेशिक रोजगारीका लागि बेलायत /यूके पठाइदिने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ का ५० वर्षीय लालबहादुर बराइली रहेका छन्।
बराइलीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि सम्पर्क विहीन भएको प्रहरीको भनाई छ। पीडितले दिएको जाहेरीका आधारमा पक्राउ परेका हुन्।
बराइलीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।