Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्षमा ओली र पोखरेलबीच भिडन्त
शंकर पोखरेल व्यवस्थापनले ओली समूह संकटमा अध्यक्षमा ओली र पोखरेलबीच भिडन्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२

काठमाडौं- नेकपा एमालेमा केपी शर्मा ओली र शंकर पोखरेललाई एक सिक्काका दुई पाटा मानिन्छ । जसै ओली कुनै पनि पदमा शंकरलाई सुरक्षित बनाएर लैजान चाहन्छन् । 

काठमाडौंमा जारी ११औं महाधिवेशनमा पनि ओलीले शंकरलाई महासचिवमा व्यवस्थापन गर्दा उनको समूह भने संकटमा पर्ने देखिएको छ । कारण असन्तुष्ट समूहले कोही विद्रोहमा उत्रिएका छन् भने कोही धमाधम इतर समूहतर्फबाट उम्मेदवारी दिएका छन् । ओलीका सबैभन्दा प्रिय पात्र प्रदीप ज्ञवालीले यसरी नै मौन विद्रोह गरे । ज्ञवाली पक्कापक्की महासचिवका उम्मेदवार बन्ने थिए । तर सोमबार बिहान आएको सूचीमा उनी उपाध्यक्षको लहरमा थिए । जसकारण साँझ ५ बजेसम्मै पनि उनले उपाध्यक्षमा उम्मेदवारी दिएनन् । उनले लुसुक्क केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मौन विद्रोह गरे । प्रदीप उनै नेता हुन् जसले पछिल्लो समय ओलीको प्रवक्ता बनेर लगातार ओलीका अलोकप्रिय कदमहरुको बचाऊ गर्दै आएका थिए । 

ओलीलाई सधैं बचाऊ गर्दै आएका अर्का नेता हुन् प्रचार विभाग प्रमुख राजेन्द्र गौतम । महाधिवेशन सुरु भएको दिनदेखि उनी सूचीमा पर्ने छनक देखिएन । जसकारण सोमबार बिहान भृकुटीमण्डपको महाधिवेशनस्थलमा स्थापना गरेको मिडिया सेन्टरमा आएर उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । ‘हुन त ठूलाहरुले मैले काम नगरेको देख्ला । मैले पार्टीमा धेरै दुःख गरेको छु । त्यसैले मेरो उम्मेदवारी उपमहासचिवमा हो,’ गौतमले भनेका थिए । उनको कुराको कुनै सुनुवाइ नभएपछि गौतमले स्वतन्त्रबाट उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

ओलीलाई ‘राजीनीतिका पेले’ भनेर घोषणा गरेका कृष्णगोपाल श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । श्रेष्ठले ओलीको साथ छाडेर सचिवमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ ईश्वर समूहमा खुलेका छन् ।  माधव नेपाल गुट छाडेर पछिल्लो समय ओलीनिकट बनेका रघुजी पन्तले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त ओलीको सूचीमा उपाध्यक्षमा परेनन् । ‘मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु । अब निर्वाचनबाटै फैसला हुन्छ,’ पन्तले सञ्चारकर्मीसँग भने । यद्यपि प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएका कारण आफू दुवै पक्षको साझा उम्मेदवार बन्ने लबिइङमा पन्त लागेका छन् ।

Hardik health

सूचीमा नपरेपछि लालबाबु पण्डितले पनि सचिवमा उम्मेदवारी दिएका छन् । उनी ओली गुटकै नेता हुन् । चितवन महाधिवेशनमा पनि पण्डित असन्तुष्ट सुनिएका थिए । दोलखाका आनन्द पोखरेलले पनि ओलीको साथ छाडेका छन् । उनी ईश्वर समूहबाट उपमहासचिवको उम्मेदवार छन् । यसैगरी बाराका पुरुषोत्तम पौडेलले पनि ओलीको साथ छाडेका छन् । उनी ईश्वर समूहबाटै सचिवको उम्मेदवार छन् ।

चितवन महाधिवेशनमा निषेध गरिएका टंक कार्कीलाई ईश्वर समूहले उपाध्यक्षमा समेटेर ओली समूहमा ठूलै धक्का दिएको छ । हुन त ओली समूहले इतरबाट उम्मेदवार बनेकाहरुलाई व्यवस्थापन गर्न निर्वाचन सार्ने र गलाउनेसम्मको रणनीति तय गरेको बताइएको छ । तर आफूहरु त्यसको पक्षमा नरहने महासचिव पदका उम्मेदवार पौडेल बताउँछन् । ‘मेरो उम्मेदवारी फिर्ता हुँदैन । महासचिवमा जितेपछि बधाइ दिनुहोला,’ पौडेलले भने ।

यसरी असन्तुष्ट हुँदै ओलीको साथ छाड्नेमा अग्नि खरेल पनि अर्का नेता हुन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो । तर, खरेलले सचिवमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन् । ओली समूहको सूची तयारीको क्रममा रघुवीर महासेठ र लेखराज भट्टले तीव्र असन्तुष्ट जनाएका थिए । त्यसपछि ओलीले रघुवीरलाई उपमहासचिवमै राखेर भट्टलाई सचिवको सूचीमा राखे । तर भट्टले आक्रोश पोखेपछि उनलाई उपमहासचिवमा उकालेर भानुभक्त ढकाललाई उपमहासचिवबाट सचिवमा झारियो ।

अध्यक्षमा भिड्दै ओली र पोखरेल
एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान अध्यक्ष ओलीले सोमबार दिउँसो अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले सोमबार दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मध्याह्न १२ बजेदेखि साँझा ६ बजेसम्म मतदान हुने कार्यतालिका छ । 

 

महासचिवमा पोखरेल र पाण्डे भिड्दै
महासचिवमा ओली समूहबाट ओलीका विश्वासपात्र शंकर पोखरेल र ईश्वरको समूहबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । शंकर निवर्तमान महासचिव हुन् भने पाण्डे निवर्तमान उपाध्यक्ष ।
पाण्डेले ओलीइतर प्यानल बनाउन निकै संघर्षसमेत गरेका थिए । जसकारण उनलाई महासचिव पदमा सर्वसम्मत उभ्याउन ईश्वर प्यानल सफल भएको हो । इतरपक्षले अध्यक्षमा नभए पनि महासचिव आफ्नो पक्षमा जिताउनेगरी माहोल तयार पारेको नेताहरु बताउँछन् । ओलीपक्षकै नेताहरु विष्णु पौडेल, शेरधन राई, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङजस्ता नेताहरु शंकर पोखरेलसँग रुष्ट सुनिएकाले सुरेन्द्रले महासचिवमा बाजी मार्ने बताइन्छ । यद्यपि, ओलीले विभिन्न पद बाँडेरै भए पनि शंकरलाई नै महासचिवमा ल्याउने अर्काथरी नेताहरु बताउँछन् ।

 

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन
नेकपा एमालेको जारी ११औं राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।
उनकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।


कुन पदमा क–कसको उम्मेदवारी ?

  • अध्यक्षः ईश्वर पोखरेल र केपी शर्मा ओली
  • उपाध्यक्षः अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, पर्शुराम मेघी गुरुङ, रघुजी पन्त, रामबहादुर थापा, डा. विन्दा पाण्ड र विष्णुप्रसाद पौडेल
  • महासचिवः शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे 
  • उपमहासचिवः आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी
  • सचिवः अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्याकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कंडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की
     


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP