Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत/सङ्गीतका  धुन सुनिन्छ । कार्यक्रम स्थलमा राष्ट्रियगान, लोक, आधुनिक, शास्त्रीय सङ्गीतको सुमधुर ध्वनी गुञ्जिरहेको सुनिन्छ ।
 
महाधिवेशन स्थल प्रवेश गर्ने बित्तिकै सुन्दर साजसज्जा देखिन्छन् । महाधिवेशन प्रतिनिधि हिँड्ने बाटो छुट्टै निर्माण गरिएको छ । महाधिवेशनस्थलका फूलबारीमा प्रजा परिषद्देखि सम्पूर्ण कम्युनिष्ट पार्टीको संस्थापकका तस्बीर र इतिहास लिखित ‘बोर्ड’ राखिएका छन् । महाधिवेशनस्थलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी गरी तीनै जनाको तस्बीर एकै ठाउँमा राखिएको छ ।

महाधिवेशन प्रतिनिधि हिँड्ने बाटो आसपासमा नेपाल कम्युनिष्ट पार्टीको ७६ वर्षको इतिहास झल्काउने सम्पूर्ण जानकारी राखिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरको तस्बिर पनि राखिएको छ ।   नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि अनिता पाण्डेले महाधिवेशन स्थलको व्यवस्थापनमा स्वयम्सेवकको भूमिका प्रशंसनीय, सूचना प्रविधिको उच्चतम प्रयोग र नेपालको संस्कृति झल्किने सुन्दर सजावट लागेको बताए ।

“विगतको महाधिवेशनभन्दा अहिलेको महाधिवेशन फरक छ, महाधिवेशन स्थलमा समग्र नेपालको संस्कृति झल्किने गरी स्टल तयार गरिएको छ,” उनले भने, “महाधिवेशनको उद्घाटन स्थलमा नै विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायणको मन्दिरलाई स्टेजमै सजाएको थियो, यहाँ पनि सुन्दर तरिकाले सजाइएको छ ।”  पाण्डेलाई मात्रै होइन झापाबाट प्रतिनिधि आउनुभएका गणेश ढकाललाई पनि महाधिवेशनस्थल अत्यन्तै सुन्दर तरिकाले सजाइएको र व्यवस्थित लाग्यो ।

Hardik health

“एमालेको महाधिवेशनस्थल सोचेभन्दा राम्रो, व्यवस्थित र भव्य लाग्यो,” उनले भने, “बस्न र कुराकानी गर्ने पर्याप्त ठाउँ छ, खाना पनि मिठो र सफा छ ।”  महाधिवेशन स्थलभरी पार्टीका झण्डा फरफराइरहेका छन् । महाधिवेशन प्रतिनिधिलाई स्वास्थ्य उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । महाधिवेशन स्थललाई व्यवस्थित र सभ्य बनाउन स्वयंसेवकहरु जताततै खटिएका छन् । खाजा र खानाका लागि पर्याप्त स्टलहरुको व्यवस्था गरिएको छभने त्यसमा पनि मुस्लिम समुदायका लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ ।

महाधिवेशनस्थलभित्रको बगैँचामा बस्न, आन्तरिक भेटघाट र छलफलका लागि बस्ने खुल्ला स्थानको व्यवस्था गरिएको छ । महाधिवेशन स्थलमा सूचना प्रविधिको प्रयोग पनि गरिएको छ । विद्युतीय भोटिङ् मेसिन ९० वटा छन् । ‘म भोटिङ् मेसिनबाट मतदान गर्छु’ भनेर एउटा ठूलो कक्ष तयार पारिएको छ ।

महाधिवेशनको हल आकर्षक ढङ्गबाट सजाइएको छ । हल प्रवेश गर्ने स्थानमा स्वागतद्वार बनाइएको छ । प्रवेशद्वारमै प्रतिनिधिको ‘क्युआर’ परीक्षण गरेर मात्र भित्र जान सकिने व्यवस्था छ । जसले गर्दा प्रतिनिधिभन्दा बाहिरको मानिसलाई प्रवेश नदिने व्यवस्था मिलाइएको छ ।यही मङ्सिर २७ गतेदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा महाधिवेशन स्थलको ठाउँ–ठाउँमा राखिएको छ । एमालेको महाधिवेशन स्थलमा एउटा छुट्टै रौनक छाएको छ ।  


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP