काठमाडाैं - वैदेशिक रोजगारीको लागि कोरिया पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । गोरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं २स्थाई घर भई हाल काठमाण्डौं जिल्ला टोखा नगरपालिकाकाे डा नं३ बस्ने ४३ वर्षीय खडानन्द लामिछानेले वैदेशिक रोजगारीमा ठगी गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे हाे ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि कोरिया नपठाई सम्पर्कविहीन भएकोमा पीडितले दिएको जाहेरीमा विगो रकम तीन लाखसहित निजलाई पक्राउ गरेकाे हाे ।
दरखास्त उपर अनुसन्धान हुँदा प्रतिवादीलाई काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.०९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएकाे छ ।