Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा मन र मत मिलाउने प्रयास
एमालेमा मन र मत मिलाउने प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२

काठमाडौं - “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन...।’’, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।

पछिल्लो दोस्रो विधान महाधिवशनबाट पारित विधानलाई संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या थप गर्ने/नगर्ने विषयमा गरमागरम बहस चलिरहेको थियो । यही मङ्सिर २६ गतेको पार्टीको सचिवालयको बैठकमा आधिकारिरूपमा ११ औँ राष्ट्रिय महाधिवेशनमा विधान संशोधनको प्रस्ताव नलाने निर्णय भए पनि महाधिवेशनको बन्दसत्र सुरु अघि भृकुटीकण्डपमा भएको केन्द्रीय कमिटीको बैठकमा ‘फ्लोर’ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईबाट विधान संशोधनको प्रस्ताव आएको थियो । त्यसपछि केन्द्रीय सदस्यहरूले विधान संशोधनको पक्ष र विपक्षमा मत दिइरहेका थिए । 

धेरै बोल्न थालेपछि पदाधिकारीहरूबाट बोल्नका लागि हात उठ्न थाल्यो । कतिपय केन्द्रीय सदस्यले पदाधिकारीले सचिवालयको बैठकमा बोलिसकेकाले यहाँ बोलिरहनुनपर्ने सन्देश दिइरहेका थिए । सचिव गोकर्णराज विष्टले बोल्न समय माग्दा केन्द्रीय सदस्यहरूको उत्तिकै हात उठिरहेपछि अध्यक्ष ओलीले, “अब लामो समय छलफल गर्न सकिँदैन, कुरा आइसकेको छ । बाहिर प्रतिनिधि साथीहरू कुरिरहेका छन् । छिटो सकौँ ।”

त्यसपछि सचिव भट्टराईले आफूलाई एक मिनेट समय दिन आग्रह गरेपछि अध्यक्ष ओलीले ‘ल एक मिनेट’ भनेर समय दिनुभयो । सचिव भट्टराईले यसरी केन्द्रीय सदस्यहरूले पनि बैठकमा प्रस्ताव राख्न र खुलेर छलफल गर्न पाउनु अन्तरपार्टी लोकतन्त्र र जनताको बहुदलीय जनवाद (जबज) को सही अभ्यास भएको बताउँदै विधानबाट सङ्ख्या बढाएर प्राविधिक रूपमा केही समाधान भए सङ्ख्या बढ्दैमा नेताहरूको मन मिल्छ भन्ने सुनिश्चितता नहुने तर्क गरे  । सचिव भट्टराई एमाले महाधिवेशनबाट असन्तुष्ट भएर कोही नेता नेपाली कम्युनिष्ट पार्टीमा जाने भन्ने ‘ढोक्सा’ कसैले थाप्न आवश्यक नभएको मत पनि व्यक्त गरे । 

Hardik health

त्यसपछि मञ्चबाट सचिव विष्टले फेरि बोल्न समय माग गरे । तलबाट ‘भो भो’ भन्ने आइरहेको थियो । अध्यक्ष ओलीले “ल ल बोलौँ । मन मिलाउनु पर्‍यो नि त साथीहरू” भन्दै बोल्न दिए । बहस चल्दै जाँदा विधान संशोधन खुला गर्ने हो भने दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद खुला गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट प्रस्ताव आएपछि अध्यक्ष ओलीले “पहिल्यै टुङ्गो लागिसकेको विषयमा खुल्ला गर्ने भए गरौँ, मलाई केही फरक पर्दैन । विधिबाट हल भइ हाल्छ, धेरै छलफल गर्न पर्दैन । के गर्ने/नगर्ने भनेर मतदानमा जान सकिन्छ ।” भनेपछि पद सङ्ख्या मात्रै बढाउने गरी आएको विधान संशोधनको प्रस्ताव सहजै पारित भयो ।

उक्त प्रस्ताव महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले राख्दा र अध्यक्ष ओलीले निर्णयार्थरूपमा प्रस्तुत गर्दा हलमा तालीको गडगडाहट उत्पन्न भएको थियो ।एमालेले विधान संशोधन गरेर दशौँ राष्ट्रिय महाधिवेशनमा कायम रहेको ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको संरचनालाई ब्युँताए छ । यसमा वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ भने उपाध्यक्षको सङ्ख्या घटाएर सचिवको सङ्ख्या बढाएर नौ पुर्‍याइएको छ । यो प्रक्रियाले एमालेभित्र बेग्लै विधान महाधिवेशन आयोजना गर्ने या नगर्ने भन्ने बहस  उत्पन्न भएको छ ।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफूले राष्ट्रिय महाधिवेशनमा विधान संशोधने हुने अभ्यासले बेग्लै विधान महाधिवेशन आयोजना गरिहन नपर्ने भने आफूहरूले विगतमा पार्टीमा लिखित प्रस्ताव दर्ज गरेको राससलाई बताए । तर केन्द्रीय कमिटीको अन्तिम बैठक र महाधिवेशनको बन्दसत्रमा यो प्रस्ताव भने कतैबाट आएन ।  एमालेका केन्द्रीय सदस्य सीता पौडेलले विधान संशोधन गर्ने हो भने अरु धारामा पुनः विचार गर्नुपर्ने प्रस्ताव भने पारित नभएको बताए । उनले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्य रोक्का गर्न नहुने तर्क पनि अन्तिम केन्द्रीय कमिटी बैठकमा सम्झाएका थिए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले बन्दसत्रमा सम्बोधन गर्दै भण्डारीलाई रोकिनु उचित नहुने मत राखेका थिए । जवाफमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति सम्मानित स्थानमा रहनुपर्ने र राजनीतिमा आउन नहुने निर्णय यसअघि केन्द्रीय कमिटीबाट भएको तथा उहाँले पार्टीको सदस्यता पुनः लिन चाहेमा प्रक्रियागतरूपमा आवेदन दिएमा त्यसमा पार्टीले पुनःविचार गर्ने स्पष्ट पारे ।

एमालेभित्र देखिएका यी विवाद र बहसका विषयहरू कुनै सैद्धान्तिक विषयहरू होइनन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो मन्तव्यका क्रममा अध्यक्ष ओलीलाई आफूले सक्रिय नेता तथा पार्टी जीवनको लोकतान्त्रिकरणका प्रस्तोताका रूपमा सम्मान गर्ने बताउँदै कार्यशैलीगत सवाल तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका सवालमा अभिभावकीय भूमिका खेल्न आग्रह गरेका थिए । अध्यक्ष ओलीले प्रतिनिधिहरूको चाहना र मुलुकको आवश्यकताबमोजिम पार्टीलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको बताएका थिए । नेताहरूबीच एक प्रकारको सवालजवाफका साथै पार्टी एकताबद्ध बनाउने वाचालाई प्रतिनिधि र कार्यकर्ताहरूले व्यवहारिकरूपमा व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । 

अध्यक्ष ओलीले उद्घाटनसत्रमा “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुवाती अभियन्ता पार्टी हो ।” भनी व्यक्त गरेको भनाइलाई महाधिवेशनले थप स्थापित गरेस् भन्ने प्रतिनिधिहरूको चाहना देखिन्छ । अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको समूहबीच चुनावी प्रतिस्पार्धा हुन लागेकाले चुनावी परिणामले कसरी नेताहरूको मन जोड्छ भन्ने भने हेर्न बाँकी नै रहेको छ ।

भक्तपुरको सल्लाहघारीमा यही मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रअन्तर्गत दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुँदैछ । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार मनोनयनपछि अन्य प्रक्रिया पूरा गरेर उम्मेदवारको अन्तिम नामावली आज साँझ ६ः०० बजे प्रकाशन हुनेछ । 

विद्युतीय मतदान प्रक्रियाबाट मतदान हुने भएकाले उम्मेदवारको विवरण ‘सेटअप’ गर्न सयम लाग्ने भएकाले मतदान भने पुस १ गते मात्रै हुनेछ । आयोगले मतदानका लागि ८० वटा मेसिन तयार गरेको छ । एमालेको महाधिवेशनमा मनोनित सहित दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP