Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’
‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२

काठमाडौं- नेपाली चलचित्र क्षेत्रमा ठूल्दाइका उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन् ।

हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल प्राकृतिक, धार्मिक र सम्पदाका दृष्टिले सम्भावना बोकेको मुलुक भएकाले सरोकार भएका निकायले चलचित्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अभिनेता श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्दाको समयलाई स्मरण गर्दै नेपाली चलचित्र उद्योगले चलचित्र पर्यटनका क्षेत्रमा पाकिस्तानीले अवलम्बन गरेका कदमहरूबाट सिक्नुपर्ने धारणा राखे । 

“पाकिस्तानी चलचित्रमा अभिनय गर्न क्रममा बढी समय उतै बित्न थालेपछि नेपालको कानुनअनुसार यहाँ चलचित्र छायांकन गर्नुपर्नेमा जोड दिएँ, तर त्यस्तो केही नियम वा कानुन थिएन । पछि ११ वटा विदेशी चलचित्र नेपालमा छायांकन भए । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ”, उनले भने । 

Hardik health

शिक्षाले जीवनका हरेक पक्षलाई सफल बनाउने बताउँदै अभिनेता श्रेष्ठले आफ्नो बाल्यकाल र अध्ययनका पाटालाई स्मरण गरे । “मैले शिक्षालाई महत्त्व नदिएर धेरै विद्यालय छाडेँ । अहिले लाग्छ पढाइलाई महत्त्व दिएको भए कलाकारितामा अझ प्रभावकारी काम र नतिजा दिन सक्ने थिएँ । हामीले शिक्षालाई बीचमा छोडेर भविष्य र पेसाको पछि लाग्नु”, उनले भने ।

 उक्त कार्यक्रममा अभिनेता दीपकराज गिरीले आफ्नो कलाकारितालाई लेखनशैलीले मद्दत गरेको बताए । अभिनयसँगै पात्र निर्माण गर्न सक्नु र उक्त पात्रले बोल्ने संवादमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्ने भएकाले पात्र प्राकृतिक लाग्ने प्रतिक्रिया पाउने गरेका उनको अनुभव छ ।

“आज मैले पाउने प्रशंसामा लेखनको ठूलो महत्व छ । त्यो लेखन मेरो अध्ययन र शिक्षाको प्रतिफल हो । म उत्कृष्ट विद्यार्थी थिइन्, तर पढाइको महत्वलाई बुझेको छु । हरेक व्यक्तिको सफलतामा शिक्षाको ठूलो महत्व हुन्छ”, अभिनेता गिरीले भने । उनले सफलताका लागि लक्ष्य प्राप्तिमा अग्रसर हुँदै शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
राजधानीमै छैन पर्यटक बसको बसपार्क
राजधानीमै छैन पर्यटक बसको बसपार्क आइतबार, मंसिर २८, २०८२
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ शुक्रबार, मंसिर २६, २०८२
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ शुक्रबार, मंसिर २६, २०८२
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै बिहीबार, मंसिर २५, २०८२
आज अन्तरराष्ट्रिय पर्वत दिवस
आज अन्तरराष्ट्रिय पर्वत दिवस बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP