Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेलाई दलले राखे सहकार्यको प्रस्ताव
एमालेलाई दलले राखे सहकार्यको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२
  • कांग्रेस- लोकतन्त्र जोगाउन सहकार्य गरौं
  • नेकपा- कम्युनिस्ट एकतासम्म पुग्न सहकार्य गरौं
  • रास्वपा- मुलुक बनाउन सहकार्य गरौं 
  • लोसपा- संविधान संशोधनमा सहकार्य गरौं
  • नेकपा (माओवादी)- कम्युनिस्ट आन्दोलनमा सहकार्य गरौं

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पुगेर पुराना दलका नेताहरूले एमालेसँग सहकार्यको प्रस्ताव राखेका छन् । उनीहरूको सहकार्य प्रस्ताव भने अलगअलग थियो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्र खतरामा परेको भन्दै त्यसविरुद्धको लडाइँमा सहकार्यको प्रस्ताव गरेका छन् । २३ र २४ भदौको जेन-जी विद्रोहपछि देश राजनीतिक अस्थिरता र अनिश्चिततामा रहेको भन्दै उनले भने, ‘त्यसकारण पनि लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक छ ।’

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्य समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेको छ । यहीबीच कार्यवाहक खड्काले लोकतन्त्रमाथिको संकटमोचन गर्न एमालेसँग सहकार्य प्रस्ताव गरेका हुन् ।  नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरूबीच सहकार्य आवश्यक भएको बताएका छन् । त्यसरी सहकार्य गर्दै अघि जाँदा एकताको विन्दुसम्म पुग्नुपर्ने उनको भनाइ थियो । 

विगतमा एमालेसँग भएको एकताको प्रसंग कोट्याउँदै उनले अब बलियो एकताका लागि एमालेले पहलकदमी लिनुपर्ने औँल्याए । कम्युनस्टि पार्टीहरू एकताबद्ध भए मात्रै समाजवादी व्यवस्थामा पुग्न सकिने उनको धारणा थियो ।   ‘हामीले नेकपा निर्माण पनि गर्‍यौँ । त्यसलाई निरन्तरता कायम राख्न सकेनौं । त्यसबाट पाठ सिकेर फेरि पनि एकतावद्ध हुनुको विकल्प छैन, त्यसका लागि एमालेले पहल लिनुपर्‍यो,’ उनले भने । 

Hardik health

३ जेठ २०७५ मा एमाले र तत्कालीन माओवादीबीच एकता भएको थियो । तर, नेकपामा दुई लाइन शक्ति संघर्ष चर्किरहेको बेला पार्टी नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले २३ फागुन २०७७ मा सुनाएको फैसलाले पार्टी पूर्ववत् अवस्थामा फर्कियो । अर्थात् नेकपा एकता टुट्यो । त्यसको पाँच वर्षपछि गुरुङले एमालेसँग वामपन्थी सहकार्यको प्रस्ताव गरेका हुन् । 

उनले देश सुगौली सन्धिपछिकै संकटपूर्ण अवस्थामा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटमा रहेको र संविधान कोमामा पुगेको भन्दै राजनीतिक सहकार्य अनिवार्य भएकोमा जोड दिए । उनले भने, ‘मुलुकको विद्यमान अवस्थाको सम्बोधनका लागि राष्ट्रवादी शक्तिहरू बीचमा सहकार्य आवश्यक छ । राजनीतिको अगुवाई गर्न पनि मिलेर अगाडि बढनुपर्ने छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले देश बनाउने मामिलामा सहकार्य गर्नुपर्ने बताए । युवाहरूको चाहना राजनीतिमा पुस्तान्तरण समेत रहेको उल्लेख गदैए उनले भने, ‘दलहरूको आन्तरिक लोकतन्त्र सबल रहेको अवस्थामा मुलुक बनाउने सन्दर्भमा त्यस्ता दलहरू सहकार्यका साथ अगाडि बढ्न सहज हुन्छ ।’

उनले एमालेले जेन-जी विद्रोहपछिको राजनीतिक परिवर्तनलाई भने स्वीकार्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभा निर्वाचनबाट एमाले अलग हुन नहुने पनि उनको भनाइ थियो ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले एमालेप्रति नरम हुँदै सहकार्यको अनेक क्षेत्र रहेको बताएका छन् । उनले भने, ‘तपाईंहरूसँग आन्दोलनमा एकता, आन्दोलनमा सहकार्य, देशको स्वाधिनताको लागि सहकार्य, जनताको अधिकारको लागि सहकार्य, नयाँ नेपालको लागि सहकार्य गर्न तयार छौं, सहकार्य गरौं ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले संविधान संशोधनका लागि एमालेसँग सहकार्य गर्न सकिने बताएका छन् । तर, त्यसको अगुवाइ एमालेले नै गर्नुपर्ने उनको भनाइ छ । ‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य । त्यसको लागि एमालेले अगुवाइ गर्नुपर्छ । हामी सहकार्य गर्न तयार छौँ,’ उनले भने । 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेन-जी विद्रोहबाट जननिर्वाचित सरकार अपदस्त भएको भन्दै आपत्ति जनाए । विद्रोहको क्रममा गणतन्त्रवादी नेताहरू र दलहरूमाथि प्रहार भएको भन्दै अब सहकार्य गर्दै अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । ‘जेन-जी आन्दोलनका नाममा प्रहारको निशाना गणतन्त्रवादी नेताहरू र तिनका कार्यालयहरू हुन पुगे, हामीबाट कहाँनेर शासकीय स्वरुपमा कमजोरी भयो ? कहाँनेर जनजिविकाको सवाल सम्बोधन गर्न सकिएन ? यो ख्याल गरौं र सहकार्य गर्दै अगाडि बढौं ।’

 

देखिएनन् शीर्ष नेता
एमालेको महाधिवेशनमा निम्त्याइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गएनन् । जेन-जी विद्रोह अघिसम्म ओली-देउवा सत्ता सहयात्री हुन् । हालै दुई नेताबीच भेटवार्ता पनि भयो । भेटवार्तापछि एमाले जसरी प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै कांग्रेस सर्वोच्च अदालत पुग्यो । यसले ओली-देउवाबीच सहकार्य जारी रहेको देखाउँ छ । 

तर, देउवा एमाले महाधिवेशनलाई सम्बोधन गर्न भक्तपुरको सल्लाघारी पुगेनन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल पनि महाधिवेशनमा निम्त्याइएका थिए । तर, उनी गएनन् । नेकपा एकता सन्देश दिन भन्दै सुर्खेत पुगे । सोहीकारण उनी ओली नेतृत्वको एमालेलाई महाधिवेशनको शुभकामना दिन गएनन् ।

महाधिवशेनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल पनि गएनन् । उनले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पनि पठाउन चाहेनन् । महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाए ।  जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि गएनन् । दलका अध्यक्षको रूपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्‍मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने महाधिवेशनमा पुगेका थिए । परम्परालाई आधार मान्ने हो भने कुनै दलको राष्ट्रिय महाधिवेशनमा दलीय नेतृत्व नै जाने गरेको देखिन्छ । 
 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP