गण्डकी- नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् ।
नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गरिन् । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ”, उनले भनिन्, “जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।”
अधिकांश पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले विस्तारै निर्वाचनको वातावरण बन्दै गएको भन्दै नेतृ भुसालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यमा जोड दिइन् । उनले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताइन् ।
नेकपा नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले निर्वाचनपछि बन्ने सरकारले ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्ने बताउनुभयो । उनले आफ्नो पार्टी निर्वाचनमा भाग लिन तयार रहेको र एक्लै प्रतिस्पर्धामा उत्रने धारणा राखे। “घोषित निर्वाचनमा हामी भाग लिन्छौँ, निर्वाचन प्रक्रियामा जेनजी पुस्तालाई समेटेर लैजान्छौँ”, नेता पौडेलले भने, “हाम्रो पार्टी आत्माआलोचनासहित जनताका बीच आएको छ, देशव्यापी रूपमा सकारात्मक वातावरण बनेको छ ।”
नेतृ दिलकुमारी पन्तले समयमै चुनाव नभए थप समस्या आउने भन्दै निर्वाचन सफल पार्न नेकपाले सरकारलाई सहयोग गर्ने उल्लेख गरिन्। ब