Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिका कारण काठमाडौँ उपत्यकामा रौनक थपिएको छ ।  भोलि मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो ।

विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन उद्घाटनस्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरूको निवासमा चलहपहल बढेको देखिन्छ । यसैगरी, पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आकाङ्क्षी नेताहरूको ‘लविङ’ र उनीहरूका पक्षमा राजनीतिक माहोल सिर्जना गर्न उत्सुक शुभेच्छुक तथा कार्यकर्ताको दौडधूपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ ।  मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयन गर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रुपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ ।

राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सवमात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्श गर्ने अवसरका रुपमा पनि प्रतिनिधिले लिएका छन् । प्रतिनिधिहरु आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निरन्तरता र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा पुस्तान्तरण भन्ने अन्तरपार्टी बहस चलिरहेको छ । राष्ट्रिय  राजनीतिमा संकटका समयमा यसलाई सामना गर्नसक्ने नेतृत्व ओली नै हो भन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित  रुपान्तरण हुनुपर्ने आवज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ ।
एमालेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेछन् । सो सङ्ख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

Hardik health

मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने नगर्ने या महाधिवेशमा कुनै प्रस्तावमा छलफल गर्ने नगर्ने भन्नेबारेमा आज बस्ने पार्टीको सचिवालय बैठकले निर्णय गर्ने नेता अधिकारीले जानकारी दिए । यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिसकेका  छन् । पार्टीका अन्य नेताहरुले गत भदौ २०-२२ मा काठमाडौँमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्तावेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरु महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारी दिँदै भक्तपुरको तीनकुनेस्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताए।  उनले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय सङ्ख्यामा जनसहभागिता हुनेगरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिए ।

 नेता ज्ञवालीका अनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए ।  

उनका अनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ । यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ ।महाधिवेशन सफलतपूर्वक भव्य रुपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन् ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताए । उनले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौँ उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको बताए ।

‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने छन् । महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा वेषभूषामा सज्जित कलाकारले प्रदर्शन गर्ने कार्यक्रम रहेकाे छ ।  


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेसवादी दल ‘शून्य’
मधेसवादी दल ‘शून्य’ मंगलबार, फागुन २६, २०८२
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य मंगलबार, फागुन २६, २०८२
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत मंगलबार, फागुन २६, २०८२
निर्वाचन आयोगलाई नेकपाको आग्रह
निर्वाचन आयोगलाई नेकपाको आग्रह सोमबार, फागुन २५, २०८२
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल सोमबार, फागुन २५, २०८२
तनहुँ, १ मा रास्वपाको अग्रता कायमै
तनहुँ, १ मा रास्वपाको अग्रता कायमै शुक्रबार, फागुन २२, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण
निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
मोरङ ३ मा श्रम संस्कृति अगाडि
मोरङ ३ मा श्रम संस्कृति अगाडि
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP