काठमाडाैं - नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । २१ फागुनको निर्वाचनका लागि गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको हाे ।
कांग्रेस नेता गच्छदारले २०४८ सालयता ७ वटै निर्वाचन लडेका छन् । उनले २०७९ सालमा मात्रै पराजय भोगेका थिए । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार आठौं पटक प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।
क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।गच्छदार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका छन् र विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। २०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् ।
७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।
गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।