Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • भन्सार एजेण्टद्वारा ‘पेन डाउन’को घोषणा
भन्सार एजेण्टद्वारा ‘पेन डाउन’को घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

भैरहवा-  भन्सार एजेण्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ । महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा/व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पार्ने दाबी गरेको हाे ।

महासङ्घले भन्सार ऐन, २०८२ रहेको केही व्यवस्थाका कारणले गर्दा एजेण्टलाई हतोत्साहित तुल्याएको दाबी गरेको छ । महासङ्घका अध्यक्ष प्राचीनकुमार थैवका अनुसार ऐनमा भन्सार एजेण्ट इजाजतपत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने खालका दण्ड जरिवानाका प्रावधान समावेश गरिएको छ । 

ऐनका प्रावधानले भन्सार एजेण्टको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पु¥याएको भन्दै उहाँले ऐनको मस्यौदा तयार गर्दादेखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरणबारे ध्यानाकर्षण गराउँदा मागलाई बेवास्ता गरिएको गुनासो गरे । थैवले जारी गरेको विज्ञप्तिमा सरकारले उत्पन्न परिस्थितिलाई समयमै समाधान गर्न पहल कदमी लिने अपेक्षा गरिएको जनाइएको छ ।

Hardik health

सरकारले उठाएका मागलाई तत्काल सम्बोधन नगरे, आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने महासङ्घको भनाइ छ ।     भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेण्टका कर्मचारी सोमबारदेखि नै आन्दोलित छन् ।

आन्दोलनको कारण दैनिक रु ३३ करोड राजस्व उठाउने दबाबमा रहेको भैरहवा भन्सार कार्यालयको राजस्व असुली प्रभावित बनेको छ । विद्युतीय माध्यमबाट विवरण घोषणा गर्दा प्राविधिक कारण वा मानवीय भूलबाट कागजात फरक पर्न सक्छ । सानो त्रुटिलाई जालसाजी वा बदनियत पूर्ण कार्य मानेर ठूलो जरिवाना लगाउनु अन्यायपूर्ण रहेको भन्सार एजेण्टको भनाइ छ ।

बदनियत पूर्ण ढङ्गले गरिने त्रुटि र साधारण त्रुटिबीच स्पष्ट विभेद गरिनुपर्ने उनीहरुको माग छ । “जानाजान राजस्व छल्ने उद्देश्यले गरिएको कार्यमा मात्र कडा कारबाही हुनुपर्छ, असावधानीले हुने त्रुटिमा ठूलो सजाय उचित होइन”, महासङ्घका अध्यक्ष थैवले भने । 

   


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात मंगलबार, माघ ६, २०८२
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP