काठमाडौं - नेकपा (एमाले)को आसन्न ११ अाैँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुगिंएको छ ।
ओखलढुंगा र धनकुटाको प्रतिनिधि विवाद टुंगिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुंगिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले जानकारी दिए । उनका अनुसार ओखलढुंगा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् ।
प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुंगेलले प्रतिनिधि विवाद टुंगिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिए । उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए ।
समिति सचिव ढुंगेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ ।
एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।