Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

ढोरपाटन- दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा-राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रको कामले गति लिन नसकेको हो । 

समयमै कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्र भइसक्थ्यो । विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको छ । समयसमयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो । अहिले लामो समयपछि काम गर्न थालेको छ । कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ । सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गरे ।

“यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तारोन्नति हुन सकेको छैन, बर्खाभरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ?, नजाउँ धुलो र हिलोले हैरान बनायो”, उनले भने, यहाँभन्दा माथिको सडक कालोपत्र भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु पर्‍यो ।” जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताए ।

Hardik health

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक छ ।  २४ करोड ५८ लाख रुपैयाँमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङमार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि अहिलेसम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिए। चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्र गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

इञ्जिनीयर श्रीसले भने, “यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोलासम्म अब तत्कालै कालोपत्र गर्ने र त्यसभन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउनेसँगै कालोपत्रका लागि बेस ओसार्ने काम गरी रहेको छ ।”


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै सोमबार, मंसिर २२, २०८२
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी सोमबार, मंसिर २२, २०८२
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन सोमबार, मंसिर २२, २०८२
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति सोमबार, मंसिर २२, २०८२
पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा, आठ अर्बभन्दा बढी अनियमितता भएको दाबी
पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा, आठ अर्बभन्दा बढी अनियमितता भएको दाबी सोमबार, मंसिर २२, २०८२
जर्नल ‘अर्थचित्र’ विमोचनसहित नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न
जर्नल ‘अर्थचित्र’ विमोचनसहित नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP