Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #राष्ट्रिय अपांग महिला संघ
  • #विप्रेषण
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२
Hardik health

गण्डकी - प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ । सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी थालिसकेको छ । यस वर्ष आगामी पुस १३ देखि १७ गतेसम्म फेवाताल किनार लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।    

‘सडक मै खाउँ, सडक मै नाँचौँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ महोत्सवले खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्नाका साथै पोखराको पर्यटनमा मात्र नभई नेपालको पर्यटकीय विकासमा विशिष्ट स्थान ओगटेको अध्यक्ष पौडेल बताए । “कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्यान्ड जाने परम्परा थियो, तर पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रुपमा स्थापित गर्न सफल भएको छ”, उनले भने, “वर्तमानमा यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ‘ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको छ ।”
    
यस महोत्सवले पोखरामा मात्र नभई आसपासका क्षेत्रमा समेत यहाँको समग्र पर्यटन प्रवद्र्धनसँगै आर्थिक रुपमा महत्वपूर्ण प्रभाव पारिरहेको पर्यटन व्यवसायीहरूको अनुभव छ । महोत्सवका कारण पर्यटनसम्बद्ध सबै क्षेत्र लाभान्वित बनेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 
    
उनका अनुसार अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिने पोखरा सडक महोत्सवका समयमा यहाँका होटेलमा क्षमताको ९० प्रतिशत भरिभराउ हुन्छन् । महोत्सवकै कारण अङ्ग्रजी नयाँ वर्षका केही दिन यहाँको पर्यटन क्षेत्र चलायमान हुने जनाउँदै उनले यसले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताए । 
    
पोखराको पर्यटन क्षेत्रमा कुल रु आठ खर्ब लगानी भइसकेकामा होटेल क्षेत्रमा मात्रै रु छ खर्ब लगानी भएको उनको भनाइ छ । उनका अनुसार पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता छ । “अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकसँगै देशका विभिन्न स्थानबाट आउने पर्यटकले यहाँका होटेल भरिभराउ हुने गरेको छ”, उनले भने ।  यस महोत्सवको सुरुआतीसँग प्रत्यक्ष रुपमा पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई जोडिएका छन् । सन् १९९७ मा घुमघामका लागि भट्टराई भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक फेस्टिभल’ चलिरहेको थियो । पर्यटक लक्षित उक्त फेस्टिभल प्रत्यक्ष अवलोकन र अनुभूति गरेका भट्टराईलाई पोखरामा पनि यस्तै फेस्टिभल गर्न सकिने आशा एवम् विश्वास जागेको थियो । 

उक्त फेस्टिभल हेरेर फर्केलगत्तै तत्कालीन समयमा पोखरा घुम्न आएका तत्कालीन राजा वीरेन्द्रसँग उनकाे भेटघाट भयो । सो क्रममा राजा वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गरेका थिए । राजा वीरेन्द्रको चासोसँगै गोवामा भर्खरै देखेको फेस्टिभलको अनुभव समेतले यस समयमा त्यस किसिमको पर्यटकीय गतिविधि गर्नुपर्छ भन्ने सोच जागेको उनले अनुभव सुनाए ।
    
“राजपरिवारका सदस्य पोखराको भ्रमण रहेको त्यस समयमा मैले तत्कालीन युवराज दीपेन्द्रसँग लेकसाइडस्थित बुमर्‍याङ रेष्टुरेन्टमा सँगै पारिवारिक डिनर गर्नका लागि गरेको आग्रहलाई स्वीकार्दै उहाँहरू सपरिवार डिनरका लागि आउनुुभएको थियो”, उनले भने, “त्यस क्रममा भएको कुराकानीमा राजा वीरेन्द्रले यस समयमा पोखरामा पर्यटकको कमी भएको चिन्तासँगै पर्यटक बढाउने गतिविधि आदिबारे जिज्ञासा राख्नुभएको थियो ।” 
    
तत्कालीन समयमा राजा वीरेन्द्रले समेत पर्यटनका सम्बन्धमा देखाएको चासो समेतका जगमा अर्को वर्षदेखि सन् १९९८ मा सुरु गरिएको महोत्सव वर्तमानमा यहाँको ब्रान्ड नै बनिसकेको भट्टराईले बताए । सुरुमा यहाँको जम्मा आधा किलोमिटर क्षेत्रफल समेटेर महोत्सव गरिएको उहाँले जानकारी दिए।
    
यस समयमा चिसोका कारण हिमाली क्षेत्रको पदयात्रामा गएका पर्यटक फर्किसक्ने र आन्तरिक पर्यटकको चहलपहल पनि नहुने अवस्थामा गर्न थालिएको महोत्सवले केही दिन यहाँको पर्यटन चलायमान हुने गरेको उनको भनाइ छ । “हामीले महोत्सवलाई खाना, संस्कृतिसँगै धार्मिक र जातीय सद्भावका माध्यमबाट उत्पादनसँग जोड्नुु आवश्यक छ”, उनले भने, “महोत्सवका अवसरमा हाम्रा घरेलु उत्पादनको बजारीकरणका लागि राज्यका निकायले सहयोग गर्नुु जरुरी छ ।” समग्र पर्यटनको विकासका लागि गुणस्तरीय पर्यटनमा जोड दिँदै अघि बढ्नुुपर्ने आवश्यकता उहाँले औँल्याए  ।
    
यस समयमा नेपालमा पर्यटकीय चहलपहल पनि नहुने भएकाले यहाँ रहेका विदेशी पाहुना क्रिसमससँगै अङ्ग्रेजी नयाँ वर्ष मनाउन आफ्नो देश फर्कने गरेको अवस्थामा पोखरामा हुने महोत्सवले उनीहरूलाई समेत रोक्ने गरेको महोत्सवका संयोजक एवम् रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
    
पछिल्लो समयमा कतिपय विदेशी पर्यटक पोखराको सडक महोत्सव हेर्नकै लागि आउने गरेको र देशका विभिन्न भागबाट आन्तरिक पर्यटकहरू पनि यस अवसरमा पोखरा आउने गरेको उनको भनाइ छ । “यस कार्यक्रमले क्रिसमस र न्यू इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरा नै रोक्न सकेको छ, देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकको आगमन पनि बढाएको छ”, उनले भने ।
    
पोखराका पर्यटन व्यवसायीका अनुसार मेलाका अवसरमा यहाँको साढे तीन किलोमिटर क्षेत्रमा सडककै ठाउँठाउँमा विभिन्न खानाका परिकार खाँदै सांस्कृतिक माहौलमा नाच्दै पर्यटक रमाउने गरेका छन् । मेलाका अवसरमा आउने विदेशी पर्यटकले विशेषतः नेपालमा उत्पादित ह्यान्डिक्राफ्टका सामान आदि किन्ने गर्दछन् ।
    
त्यस्तै यस क्रममा माटोका भाडा, चकटी, ढाकाका सामानसँगै यहाँका स्थानीय उत्पादनको राम्रै व्यापार हुने गरेको छ । महोत्सवका अवसरमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक वेशभूषा र परम्परागत नृत्यको प्रदर्शन हुने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।
    
‘सडकमै खाऔँ’ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने बताउँदै उनले नेपालका ख्यातिप्राप्त कलाकारको ‘लाइभ कन्सर्ट’, मौलिक लोकदोहोरी गीत प्रस्तुत गरिने जानकारी दिए । त्यस्तै महोत्सवमा फेवातालमा डुुङ्गा दौड, वेटर दौड, टग अफ वारका साथै पर्यटक लक्षित विभिन्न गतिविधि गर्ने गरिएको छ । पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग टक सो, पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शनसँगै फोटो प्रदर्शनीसमेत गरिने उनले जानकारी दिए  । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन शुक्रबार, मंसिर १९, २०८२
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि बिहीबार, मंसिर १८, २०८२
विदेशी नागरिकको ट्रयाकिङ  पुसदेखि गरिने
विदेशी नागरिकको ट्रयाकिङ पुसदेखि गरिने बिहीबार, मंसिर १८, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै बुधबार, मंसिर १७, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP