Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

गण्डकी - गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।

विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
    
अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ । यी सबैको सङ्गमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको दश उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरे ।  यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ । 

एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जङ्गल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । उनका अनुसार पछिल्ला तीन वर्षको तथ्याङ्कले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ ।  प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनलेजानकारी दिए। उनकाअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन् ।

Hardik health

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । पछिल्ला समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीको आगमन बढे पनि पदमार्ग क्षेत्रमा जथाभावी खनिएका बाटाका कारण पर्यटकको बसाइँ अवधि भने छोटिएको उनको बुझाइ छ ।     

अन्नपूर्ण पदयात्रा क्षेत्रमा राउन्ड अन्नपूर्ण पदयात्रा डुम्रे, बेँसीसहर, मनाङ, मुुक्तिनाथ, तातोपानी हुँदै पोखरासम्मका लागि २१ दिन लाग्ने पदयात्रा सडक विस्तार भएसँगै १२–१३ दिनमा छोटिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

“बाटो विस्तार भएसँगै २१ दिनको यात्रा १२–१३ दिनमा छोटिएको छ । ती जथाभावी खनिएका बाटोलाई व्यवस्थित गर्नु, पूर्वाधार विस्तार गर्नुपर्ने छ । यात्रा अवधि घटेसँगै पर्यटकलाई ‘हाइ अल्टिच्युड’को समस्या कम भएको छ । छोटो अवधिमा अन्नपूर्ण पदमार्गमा यात्रा गर्न पाउँदा समयको बचत पनि भएको छ”, उनले भने। 

 लामो पदयात्रा गर्न चाहने पदयात्रीको पदयात्रा अवधि लम्ब्याउने गरी शीघ्र अन्य वैकल्पिक मार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै टानका अध्यक्ष आचार्यले सोको व्यवस्था नगरिएको अवस्थामा यहाँ आउने पर्यटक अन्यत्र मोडिन सक्ने सम्भावनालाई बेलैमा ख्याल राख्नु जरुरी रहेको बताए ।

पछिल्लो तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका जानकारी दिँदै उनलेगत साउन १ गतेदेखि हालसम्म ४५ हजार ७३६ जना भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका उल्लेख गर्नुभयो । त्यसपछि बढी भ्रमण गर्ने विदेशीमा क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक रहेका उनलेजानकारी दिए।

पछिल्लो समय यस संरक्षण क्षेत्रका लोमान्थाङ, विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायत पदयात्रा क्षेत्रमा बढी सङ्ख्यामा पर्यटक आउने गरेका छन् । अन्नपूर्णं संरक्षण क्षेत्रको पदयात्रा एवं भ्रमणका लागि भारतीय पर्यटकले रु एक हजार प्रवेश शुल्क बुझाउनुपर्छ भने अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क बुझाउनुपर्छ ।

यस क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिकास्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार पछिल्ला समयमा म्याग्दीतर्फको अन्नपूर्ण नर्थ बेस क्याम्प पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै सोमबार, मंसिर २२, २०८२
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन सोमबार, मंसिर २२, २०८२
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’ आइतबार, मंसिर २१, २०८२
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण आइतबार, मंसिर २१, २०८२
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP