Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #हायात_प्लेस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #यःमरी
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

गण्डकी- शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध संघसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ ।

पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न संघ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताए । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ ।

‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो । परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ । 

यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव सम्पन्न गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिए । पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेला मध्येमा पर्दछ । भगवान रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ । ऐतिहासिक दस्तावेजअनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ ।

Hardik health

स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की जिल्ला मात्र नभै आसपासका जिल्लाबाट सरसमान किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन् । ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिका दिनमा भगवान शिव, ब्रह्मा, विष्णुलगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको पाइन्छ । 

पोखरामा पछिल्लो समय पुम्दीकोटस्थित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिरसँगै साहसिक पर्यटनका विभिन्न पूर्वाधार एवं गतिविधि थपिएका कारण मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको छ । मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको परिषद्का अध्यक्ष पहारीले बताए । 

अङ्ग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म गर्ने गरी तयारी रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। अङ्ग्रेजी नयाँ वर्षका अवसरमा लेकसाइड क्षेत्रमा गरिने सडक महोत्सव पोखराको पहिचान नै बनिसकेको उनको भनाइ छ । ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारासहित गरिने महोत्सव व्यवस्थित गरिँदै लगिएको छ ।

पोखरा उद्योग वाणिज्य संघले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ । संघले यही मङ्सिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्न लागेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए। 

विसं २०११ मा स्थापित संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रुपान्तरण गर्नका लागि २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । मेलाका अवसरमा हुने व्यापार व्यवसायले यहाँको अर्थतन्त्रमा केही न केही योगदान पुर्या‍उने गरेको छ । पोखराकै लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दैआएको छ । होत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलेको संघका अध्यक्ष जानुका पराजुलीले जानकारी दिए । 

संघले पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको छ । संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको छ । विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा जुटाएर लेखनाथ क्षेत्रको पहिचान गराउँदै आएको छ । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनको प्रर्दशनी एवम् विक्री हुँदै आएको छ ।

युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४औँ संस्करण आगामी पुष २९ देखि माघको ११ गतेसम्म गरिने भएको छ । पोखराको अमरसिंह चौरमा बर्षेनि हुँदै आएको सो महोत्सव यहाँको पर्यटकीय पहिचान बन्दै गएको छ । यी महोत्सवसँगै हरेक वर्ष नेपाली नयाँ वर्षमा होटेल संघ पोखराले गर्दै आएको फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, तीजमा पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराले गर्दै आएको तीज सांस्कृतिक महोत्सव, पोखरा–४ ले गर्दै आएको यःमरी महोत्सव, नेवाः खलले गर्दै आएको गाईजात्रा महोत्सव, लेखनाथ होटेल तथा रेष्टुरेण्ट एशोसिएशनले गर्दै आएको फिस फेष्टिवललगायत महोत्सवले पोखराको समग्र पर्यटनमा योगदान पुग्दै आएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा सञ्चालन हुने मेला महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्दै आएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताए ।  

-रासस


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:२२
#दाइँ_महोत्सव
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन आइतबार, मंसिर १४, २०८२
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’ आइतबार, मंसिर १४, २०८२
बनेपा-हेटौँडा बस सञ्‍चालनमा आएपछि आवागमन सहजता
बनेपा-हेटौँडा बस सञ्‍चालनमा आएपछि आवागमन सहजता आइतबार, मंसिर १४, २०८२
मल्कवाङमा पहिलोपटक बस पुग्यो
मल्कवाङमा पहिलोपटक बस पुग्यो आइतबार, मंसिर १४, २०८२
विश्वकाे  पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र
विश्वकाे पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र शुक्रबार, मंसिर १२, २०८२
पोखरामा दाइँ महोत्सव
पोखरामा दाइँ महोत्सव शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP