Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी
दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२
  • आइतबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता 
  • घनश्याम भुसाल नेतृत्वको अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच एकता भइसकेको छ
  • कांग्रेस, एमाले र राप्रपाबाहेकका दलहरूमा जेन–जी विद्रोहपछि एकता र विभाजन 
  • माओवादीबाट अलग भएका शर्मासहितका नेताहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रास्वपाबाट अलग भएका सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन्

काठमाडौं- जेन-जी विद्रोहपछि राजनीतिक दलहरूमा एकता र विभाजनको शृंखला तीब्र रुपमा चलिरहेकै छ । यसबीचमा कांग्रेस, एमाले र राप्रपाबाहेकका सबै दलले एकता र विभाजन झेलेका छन् । केही दलका नेताले पार्टी नेतृत्व नै त्याग गरेका छन् । केहीले नयाँ दलसमेत खोलेका छन् । 

विगतमा सरकार निर्माण र ढाल्ने खेलले राजनीतिलाई अस्थिर बनाउँथ्यो । यतिबेला भने त्यस्तो छैन । तर, कुनै दलबाट अलग हुने र अर्को दलमा समाहित हुनेदेखि नयाँ दल गठनसम्मका राजनीतिक गतिविधि भइरहेका छन् । राजनीतिक कार्यदिशा मिलेका साना ठूला दलहरू चाहिँ ध्रुवीकृत भइरहेका छन् । 

आइतबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विवेकशील साझा पार्टी समाहित भयो । देशमा वैकल्पिक राजनीतिको एक सूत्रधार शक्ति देखिएको विवेकशील कमजोर हुँदै गएको थियो । यस्तोमा रास्वपामा यो दल समाहित भएको हो । दलकी अध्यक्ष समीक्षा बास्कोटा हुन् । रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल छन् । उनीहरूले पार्टीलाई आइतबार एकताबद्ध गरेका हुन् । राजनीतिशास्त्री डा. भेषराज घिमिरेको शब्दमा यो वैकल्पिक शक्ति केन्द्र निर्माणको पहलकदमी हो ।

नेकपा एकीकृत समाजवादी पार्टी पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच पनि एकता भएको छ । घनश्याम भुसाल नेतृत्वको अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच एकता भएको हो । एकतापछि पूर्वमन्त्री जोशी सम्मानित नेता र घनश्याम भुसाल कार्यकारी अध्यक्ष बन्ने भएका छन् । 

Hardik health

उसो त अघिल्लो संसद्मा तेस्रो ठूलो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्रमा एकैसाथ विभाजन र एकता देखियो । एकीकृत समाजवादीसहितका दर्जनभन्दा बढी दलहरूबाट नेताहरूको ठूलो हिस्सा मिलेर पुष्पकमल दाहालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निर्णय हुँदा माओवादीका केही पुराना नेता पार्टीबाट अलग भए ।

नेपाल कम्युनिस्ट पार्टी १४ वटा दल र थप केही समूह मिलेर गठन भएको नेता देवेन्द्र पौडेलले बताए । अझै केही शक्तिसँग एकता प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको उनको भनाइ छ । उनले प्रभावसँग भने, ‘हामीले धनगढीबाट एकतासभा गरिसक्यौँ । देशका अन्य प्रदेश राजधानीहरूमा पनि गर्छौं, हामी वामपन्थ र प्रगतिशीलहरूलाई जोड्दै अघि बढ्छौँ र अहिले पनि केही दलसम्म संवाद भइरहेको छ ।’

माओवादीको परम्परागत संठनमा पकड भएको भनिएका जनार्दन शर्मा र सुदन किरातीसहितका नेताहरू भने एकताप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भए ।  तर, पार्टीबाट अलग भएका नेताहरूबाट भएको क्षतिबारे अहिल्यै भन्न नसकिने उनले बताए ।  ‘पार्टीबाट कोही न कोही नेता अलग भए असर त परिहाल्छ । क्षति केही मात्रामा हुन्छ तर कति क्षति पु¥याउन सक्छ ? त्यो तल्ला कमिटीबाट रिपोर्ट आएपछि भन्न सकिन्छ,’ पौडेलले भने । 

माओवादीबाट अलग भएका शर्मासहितका नेताहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएका सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन् । यहाँ वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक धाराका शक्तिहरूको सम्मिलन देखिएको राजनीतिशास्त्री डा. घिमिरे बताउँछन् । उनका अनुसार यस्तो दललाई राजनीतिक दर्शन, कार्यदिशा, कार्यक्रम तयार गरेर अघि बढ्न सकस हुन्छ ।  

दलबाट अलग हुनेमा रास्वपाबाट सहमहामन्त्री सुमना श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार हुन् । सुमन अहिलेसम्म कुनै दलमा खुलेकी छैनन् । परियार भने प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता भइसके । दलका केही प्रदेश अध्यक्ष, विभागीय प्रमुखहरू धमाधम अलग भइरहेका छन् । 

पूर्वसांसद डा. तोसिमा कार्कीसहितका केही नेताहरू पनि पार्टीबाट अलग हुन खोजिरहेको चर्चा हुन थालेको छ । रास्वपा भने ७ असार २०७९ मा हाल सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा पुगेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले स्थापना गरेका हुन् । लामिछाने खुला राजनीतिमा नहुँदा पार्टीमा विग्रह र एकता दुवै भइरहेको छ । 

एकताकै लागि काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि पार्टीमा भित्र्याउने प्रयासमा रास्वपा नेताहरू जुटेका छन् । तर, हाल घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी स्थापित छ । शाहको समर्थन कुन दललाई छ भन्ने स्पष्ट खुलेको छैन । तर, उनी रास्वपामा जान सक्ने विगतदेखि नै चल्दै आएको चर्चा हो । 

शुक्रबार मात्रै पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विश्व पोखरेल रास्वपा प्रवेश गरेका थिए ।  साना नयाँ दलहरू भने जेन–जी विद्रोहपछि छिन्नभिन्न भएका छन् । गत चुनावबाट मधेशबाट राजनीतिमा उदाएको दल जनमत पार्टी टुक्राटुक्रा भएको छ । उपाध्यक्ष दीपक साहले जनस्वराज पार्टी खोलेका छन् । अर्का उपाध्यक्ष अब्दुल खान नागरिक उन्मुक्ति पार्टी गए । नेता वीपी साहलगायत पार्टीमा छैनन् । अध्यक्ष डा. सिके राउतको कार्यशैलीप्रति विमती जनाउनेहरू पार्टीबाट अलग भए ।

पश्चिम तराईबाट राष्ट्रिय शक्ति बनेको नयाँ दल नागरिक उन्मुक्ति पार्टी पनि एकताबद्ध रहन सकेन । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको बिग्रिएको पारिवारीक तथा राजनीतिक सम्बन्धले पार्टी एकताबद्ध हुन नसकेको हो । यसपछि रेशमलालले पार्टीको नाममा नेपाल थपेर स्थापना गरेका छन् । 

यहीबीच मधेशकेन्द्रित राजनीतिक दलहरू जसपा नेपाल, जनमन पार्टी, राष्ट्रिय मुक्ति पार्टीलगायतले चुनावी तालमेलका लागि सहकार्य गर्नेबारे छलफलमा छन् । यसलाई ध्रुवीकरणको प्रारम्भिक कदमको रूपमा अथ्र्याइने गरिएको छ । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:२३
#जेन–जी विद्रोहको असर
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP