Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०८२

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए । 

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताएका छन् ।

उनले पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख पनि गरे । नेपालको पर्यटन क्षेत्रको विकासका लागि समयानुकूल प्रविधिको प्रयोगसम्बन्धी तालिम अपरिहार्य रहेको उनको भनाइ थियो । टानका अध्यक्ष सागर पाण्डेले व्यावसायिक रुपमा नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन एआई तालिमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्तालाई पर्यटनसँग जोड्नका लागि प्रविधिमैत्री तालिम आवश्यक रहेको बताए ।

Hardik health

टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले अहिलेको डिजिटल युगमा एआईको तालिम अपरिहार्य भएको बताए । उनले एआई तालिमबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्‍ने  विश्‍वास व्यक्त गरे । टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले नेपालको पर्वतीय पर्यटनको विकास र ट्रेकिङ  कम्पनीमा आबद्ध व्यवसायीको क्षमता अभिवृद्धिमा यस्तो तालिमले सहयोग पुग्‍ने  विश्‍वास व्यक्त गरे ।

चार दिनसम्म चल्ने तालिममा पर्यटनमा एआइको प्रयोग, गन्तव्य विकास, क्षमता विकास र पर्यटनको सुरक्षाबारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको तालिमका संयोजक एवं टानका सदस्य राजु गुुरुङले जानकारी दिए। आजदेखि सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ३० ट्रेकिङ कम्पनीको सहभागिता छ ।

तालिमका सहसंयोजक एवं टानका सदस्य अम्बिरबहादुर गुरुङले नेपालको गन्तव्यलाई विश्‍वसामु चिनाउनका लागि यस्ता तालिमले सहयोग पुग्‍ने  विश्‍वास व्यक्त गरे । । 
 


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड बिहीबार, पुस २४, २०८२
कञ्‍जनजंघा आधार शिविर सुनसान
कञ्‍जनजंघा आधार शिविर सुनसान बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP