Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री बन्ने देउवाको दाउ !
प्रधानमन्त्री बन्ने देउवाको दाउ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ८ जेठ २०७८ मा गरेको प्रतिनिधिसभा विघटन बदर हुँदा सोही वर्षको २८ असारमा सर्वोच्चको परमादेशको आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए । यसपटक पनि देउवा त्यस्तै अवसर आउने ठानिरहेका छन् 

  • कांग्रेस बैठक रहस्यमयी ढंगले सरेको सरेकै
  •  स्रोतको दाबीमा भावी प्रधानमन्त्री देउवा र सभापति गगन बन्नेगरी समझदारी बनाउन बैठक सारिएको सारिएकै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेकोसरेकै छ । आज बिहानका लागि तय बैठक पनि आइतबार दिउँसो २ बजे बस्नेगरी सरेको छ । यसरी पटकपटक बैठक सार्नुलाई रहस्यमयी रूपमा हेरिएको छ । 

नियमित कि विशेष महाधिवेशन गर्ने विषय पेचिलो बन्दा बैठक सारेकोसारेकै गर्नुलाई एकथरीले पार्टी र राजकीय सत्ताको सम्भावित नेतृत्वसँग जोडेर विश्लेषण गर्न थालेका छन् । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा चाहन्छन्– प्रतिनिधिसभा पुनस्र्थापित भए प्रधानमन्त्री बन्न अघि सर्ने र महाधिवेशनबाट गगनलाई सभापति बनाउने । यी दुई विषयमा पहिले सझदारी जुट्ने वातावरण बनाउन देउवा अग्रसर छन् । समझदारी बनेमात्रै उनी बैठक चल्न दिने मनस्थितिमा छन् । 

Hardik health

बिहीबार झन्डै दिनभरजसो देउवाले आफ्नो भाडाको निवास चुनदेवीमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मासँग पटकपटक छलफल गरेका थिए । छलफलमबाट कुनै निष्कर्ष भने निस्केन । यद्यपि, उनीमाथि जेन–जी विद्रोहपछि पार्टी राजनीतिबाट मात्रै होइन सत्ता राजनीतिबाट पनि अलग हुन दबाव छ । विशेष महाधिवेशनमा पार्टीलाई लान महामन्त्रीहरू थापा र शर्मालगायत नेताहरूले जोडबल गरिरहेका छन् । यस्तो अवस्थामा देउवाले प्रतिनिधिसभा पुनस्र्थापित भए आफू प्रधानमन्त्री र गगनलाई सभापति बनाउनेगरी महाधिवेशन गर्ने योजना बनाएको बुझिएको छ ।   

प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले त्यसबेला हुँदै नभएको संविधानको धारा प्रयोग गरेर विघटन सिफारिस गरेको भन्दै नेकपा एमाले र स्वतन्त्र कानुनविद्हरूले सर्वोेच्च अदालतमा दायर रिट दायर गरेका छन् । ती रिटहरू विचाराधीन अवस्थामा छन् । कार्की सरकारले गरेको विघटन न्यायिक परीक्षणमा जाँदा बदर हुने सम्भावना दलहरूले देखेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ८ जेठ २०७८ मा गरेको प्रतिनिधिसभा विघटन बदर हुँदा सोही वर्षको २८ असारमा सर्वोच्चको परमादेशको आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए । यसपटक पनि देउवा त्यस्तै अवसर आउने ठानिरहेका छन् । 

बिहीबार विराटनगर पुगेर कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन हुनै नसक्ने दाबी गरे । यता प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा एमाले नेताहरुले आफ्नो अध्यक्ष ओलीलाई स्थानहद तोकेर निर्वाचन हुन नसक्ने चेतावनी दिइसकेका छन् । अर्कोतिर, जेन–जीहरूको एक समूहले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको छ । मिरज ढुंगाना र उनी समर्थक जेन–जीहरूले राजीनामा माग्दै बुधबार त बालुवाटार क्षेत्रमा प्रदर्शन नै गरे ।

सुधन गुरुङ र उनी समर्थक जेन–जीहरूले बाराको सिमरा घटनालाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री कार्की पनि सत्तामा पुगेपछि व्यावहारिक रूपमा दण्डहीनता र नातावादको पक्षपाति देखिको भन्दै उनको आलोेचना हुन थालेको छ । यसबीच उनको सरकार ढल्ने चर्चा पनि भइरहेको हो । 

भित्री रुपमा पूर्वप्रधानन्यायाधशीश कल्याण श्रेष्ठ यो खेलमा लागेको स्रोतको दाबी छ । श्रेष्ठ यसअघि आफै प्रधानमन्त्री बन्ने दाउमा लागेका थिए । आफू सफल नभएपछि देउवालाइ प्रधानमन्त्री बनाउनुपर्ने भन्दै श्रेष्ठले भित्री छलफल बाक्लो बनाएका छन् ।यस्तो अवस्थामा आफू प्रधानमन्त्री बन्ने छाँट देउवाले देखेको उनीनिकट एक नेता बताउँछन् । त्यसो हुनाले भावी प्रधानमन्त्री आफू र सभापति थापालाई बनाउन पार्टीभित्र आन्तरिक समझदारी जुटाउनका लागि बैठक सारेको सारेकै गरिरहेका हुन् । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP