Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री बन्ने देउवाको दाउ !
प्रधानमन्त्री बन्ने देउवाको दाउ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ८ जेठ २०७८ मा गरेको प्रतिनिधिसभा विघटन बदर हुँदा सोही वर्षको २८ असारमा सर्वोच्चको परमादेशको आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए । यसपटक पनि देउवा त्यस्तै अवसर आउने ठानिरहेका छन् 

  • कांग्रेस बैठक रहस्यमयी ढंगले सरेको सरेकै
  •  स्रोतको दाबीमा भावी प्रधानमन्त्री देउवा र सभापति गगन बन्नेगरी समझदारी बनाउन बैठक सारिएको सारिएकै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेकोसरेकै छ । आज बिहानका लागि तय बैठक पनि आइतबार दिउँसो २ बजे बस्नेगरी सरेको छ । यसरी पटकपटक बैठक सार्नुलाई रहस्यमयी रूपमा हेरिएको छ । 

नियमित कि विशेष महाधिवेशन गर्ने विषय पेचिलो बन्दा बैठक सारेकोसारेकै गर्नुलाई एकथरीले पार्टी र राजकीय सत्ताको सम्भावित नेतृत्वसँग जोडेर विश्लेषण गर्न थालेका छन् । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा चाहन्छन्– प्रतिनिधिसभा पुनस्र्थापित भए प्रधानमन्त्री बन्न अघि सर्ने र महाधिवेशनबाट गगनलाई सभापति बनाउने । यी दुई विषयमा पहिले सझदारी जुट्ने वातावरण बनाउन देउवा अग्रसर छन् । समझदारी बनेमात्रै उनी बैठक चल्न दिने मनस्थितिमा छन् । 

Hardik health

बिहीबार झन्डै दिनभरजसो देउवाले आफ्नो भाडाको निवास चुनदेवीमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मासँग पटकपटक छलफल गरेका थिए । छलफलमबाट कुनै निष्कर्ष भने निस्केन । यद्यपि, उनीमाथि जेन–जी विद्रोहपछि पार्टी राजनीतिबाट मात्रै होइन सत्ता राजनीतिबाट पनि अलग हुन दबाव छ । विशेष महाधिवेशनमा पार्टीलाई लान महामन्त्रीहरू थापा र शर्मालगायत नेताहरूले जोडबल गरिरहेका छन् । यस्तो अवस्थामा देउवाले प्रतिनिधिसभा पुनस्र्थापित भए आफू प्रधानमन्त्री र गगनलाई सभापति बनाउनेगरी महाधिवेशन गर्ने योजना बनाएको बुझिएको छ ।   

प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले त्यसबेला हुँदै नभएको संविधानको धारा प्रयोग गरेर विघटन सिफारिस गरेको भन्दै नेकपा एमाले र स्वतन्त्र कानुनविद्हरूले सर्वोेच्च अदालतमा दायर रिट दायर गरेका छन् । ती रिटहरू विचाराधीन अवस्थामा छन् । कार्की सरकारले गरेको विघटन न्यायिक परीक्षणमा जाँदा बदर हुने सम्भावना दलहरूले देखेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ८ जेठ २०७८ मा गरेको प्रतिनिधिसभा विघटन बदर हुँदा सोही वर्षको २८ असारमा सर्वोच्चको परमादेशको आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए । यसपटक पनि देउवा त्यस्तै अवसर आउने ठानिरहेका छन् । 

बिहीबार विराटनगर पुगेर कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन हुनै नसक्ने दाबी गरे । यता प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा एमाले नेताहरुले आफ्नो अध्यक्ष ओलीलाई स्थानहद तोकेर निर्वाचन हुन नसक्ने चेतावनी दिइसकेका छन् । अर्कोतिर, जेन–जीहरूको एक समूहले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको छ । मिरज ढुंगाना र उनी समर्थक जेन–जीहरूले राजीनामा माग्दै बुधबार त बालुवाटार क्षेत्रमा प्रदर्शन नै गरे ।

सुधन गुरुङ र उनी समर्थक जेन–जीहरूले बाराको सिमरा घटनालाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री कार्की पनि सत्तामा पुगेपछि व्यावहारिक रूपमा दण्डहीनता र नातावादको पक्षपाति देखिको भन्दै उनको आलोेचना हुन थालेको छ । यसबीच उनको सरकार ढल्ने चर्चा पनि भइरहेको हो । 

भित्री रुपमा पूर्वप्रधानन्यायाधशीश कल्याण श्रेष्ठ यो खेलमा लागेको स्रोतको दाबी छ । श्रेष्ठ यसअघि आफै प्रधानमन्त्री बन्ने दाउमा लागेका थिए । आफू सफल नभएपछि देउवालाइ प्रधानमन्त्री बनाउनुपर्ने भन्दै श्रेष्ठले भित्री छलफल बाक्लो बनाएका छन् ।यस्तो अवस्थामा आफू प्रधानमन्त्री बन्ने छाँट देउवाले देखेको उनीनिकट एक नेता बताउँछन् । त्यसो हुनाले भावी प्रधानमन्त्री आफू र सभापति थापालाई बनाउन पार्टीभित्र आन्तरिक समझदारी जुटाउनका लागि बैठक सारेको सारेकै गरिरहेका हुन् । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी 
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी  बिहीबार, मंसिर ११, २०८२
जसपाका मधेश प्रदेश अध्यक्ष अशोकले  दिए राजीनामा
जसपाका मधेश प्रदेश अध्यक्ष अशोकले दिए राजीनामा बिहीबार, मंसिर ११, २०८२
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन 
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन  बुधबार, मंसिर १०, २०८२
एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा सर्वोच्चमा रिट मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन मंगलबार, मंसिर ९, २०८२
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP