काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा गरेका हुन् ।
वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा अधिकारको रक्षा सम्भव नरहेको भन्दै यादवले पार्टी परित्याग गरेका छन् ।
जसपा परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । जसपाबाट यसअघि राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरिसकेका छन् ।