Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन 
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

 

 ट्र्याक - १ मा अध्यक्ष नारायणकाजी श्रेष्ठ
ट्र्याक - २ मा अध्यक्ष भीम रावल
ट्र्याक - ३ मा नेकपा प्रवेश गराएर नेत्रविक्रम चन्द 

  • नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतम एकैसाथ सक्रिय राजनीतिबाट अलग हुने
  • जेन–जी विद्रोहपछि पार्टी नेतृत्वमा पुस्तान्तरणको सवाल जोडले उठ्दा राजनीतिबाट बहिगर्मनको दबाबमा शीर्ष नेताहरू  

काठमाडौं- नेतृत्वमा पुस्तान्तरणको चर्को बहसबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा भनिँदै छ छ महिनापछि पुष्पकमल दाहाल पार्टी नेतृत्व हुने छैनन् । दाहाल स्वयं त्यसै भन्दैछन् ।  उनको भनाइ र गराइमा तालमेल मिले ३६ वर्षदेखिको पार्टी नेतृत्वमा दाहालको बिराम लाग्ने छ । उनले धपेडीपूर्ण राजनीतिबाट आराम लिनेछन् । 

Hardik health

उनीसँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतम पनि सक्रिय राजनीतिक जीवनबाट अलग हुनेछन् । उनीहरू क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो वरियताका नेताहरू हुन् । पञ्चायती शासनको कठोर अवधि मानिने ३० को दशकको प्रारम्भतिरदेखि नै राजनीतिमा सक्रिय यी नेताहरूले पार्टीसत्ता र राजकीय सत्ताभोग गरिसकेका छन् । उनीहरूमाथि जेन–जी विद्रोहपछि पार्टीको उच्च तहबाट बहिर्गमनको दबाब बढेको हो । त्यसअघि पनि कम्युनिस्ट पार्टीमा उत्तराधिकारीको विकास गर्ने विश्वव्यापी परम्परा रहेको भनेर केही नेताले उनीहरूको नेतृत्वमा विस्थापनको सवाल घुमाउरो शैलीमा उठाउँथे । यस्तो अवस्थामा अब छ महिनापछि दाहालसहितका नेकपाका शीर्षस्थ नेताहरू सक्रिय राजनीतिबाट अलग हुने बताइरहेका छन् । त्यसको लागि एकता महाधिवेशन गर्ने भनिएको छ ।

त्यसो भए नेकपा संयोजक दाहालका उत्तराधिकारी को हुन सक्छन् ? स्पष्ट भइसकेको छैन । तर, दाहालनिकट एक नेताले प्रभावसँग भने, ‘उहाँ नेतृत्वमा ट्र्याक–१, ट्र्याक २ र ट्र्याक ३ बारे मन्थनमा हुनुहुन्छ ।’ उनका अनुसार ट्र्याक–१ मा पार्टीको भावी नेतृत्व नारायणकाजी श्रेष्ठलाई बनाउनेबारे दाहाल सोचिरहेका छन् । श्रेष्ठ तत्कालीन नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष थिए ।  २०६५ मा नेकपा माओवादीसँग एकता केन्द्रका नेता श्रेष्ठले पार्टी एकता गरेका थिए । माओवादीमा वरिष्ठ उपाध्यक्ष भएपछि उनी बारम्बार दाहाललाई नेतृत्व छाड्न दबाव दिन्थे । तर, पार्टीमा उनको शक्ति दाहाललाई नेतृत्वविमुख गर्नेगरिको थिएन । उनै श्रेष्ठलाई नेकपाको भावी नेतृत्व बनाउन सकिने सम्भावनाबारे दाहाल र सहसंयोजक माधवकुमार नेपाल छलफलमा रहेको ती नेताको दाबी छ । श्रेष्ठ अध्यक्ष भए महासचिव भीम रावल हुन सक्ने ठानिएको छ । रावल मातृभूमि जागरण अभियानलाई नेकपामा समाहित गर्ने नेता हुन् । एमालेको दशौं महाधिवेशनमा उनले हालका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । पार्टीमा ओलीको मनमौजीविरुद्ध धावा बोल्थे । बदलामा ओलीले उनलाई पार्टीबाटै निष्कासन गरिदिए । रावल सुदूरपश्चिमको उच्च तहका एमाले नेता थिए । त्यसपछि निष्प्रभावी देखिएको मातृभूमि जागरण अभियान चलाएका रावल हालै नेकपामा आएका हुन् । 

दाहालको ट्र्याक–२ योजना कार्यान्वयन भए रावल अध्यक्ष बन्ने बताइएको छ । त्यसो हुँदा महासचिव वर्षमान पुन हुने चर्चा छ । पुन माओवादी युद्धदेखि नै दाहालका विश्वासपात्रमध्येका एक हुन् । पार्टी संगठनमा उनी वर्चश्वशाली नेता मानिन्छन् । उनको अन्तरपार्टी सम्बन्ध राम्रो छ ।  उनी तत्कालीन माओवादीमा महासचिव हुन चाहन्थे । महासचिवको दाबेदार जनार्दन शर्मा पनि थिए । संगठन शक्तिमा अगाडि यी दुई नेताको दाबेदारीले अप्ठेरो परेपछि दाहालले माओवादी महासचिव देव गुरुङलाई बनाए, पुन र शर्मालाई उपमहासचिव । शर्मा हाल पार्टीबाट अलग भएका छन् । 

ट्र्याक–३ अन्तर्गतचाहिँ नेकपा (माओवादी)का नेता नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा प्रवेश गराएर अध्यक्ष बनाउन सकिनेबारे पनि छलफल भइरहेको बुझिएको छ । उनी यसअघि एकता प्रक्रियामा आउन खोजिरहेका थिए । भनिन्छ, उनलाई तत्कालीन माओवादी नेताहरूले नै पार्टी प्रवेशमा रोकेका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको नामबाट एकीकृत जनक्रान्ति भन्दै झन्डै दुई वर्ष हिंसात्मक राजनीतिको नेतृत्व गरे । २०७७ को फागुन चौथो साता भने ओली सरकारसँग घुँडा टेके । ३ बुँदे समझदारी गरेर शान्तिपूर्ण राजनीतिमा फर्किए । खसीको भनेर कुकुरको मासु बेच्ने प्रणालीको रूपमा संसदीय प्रणालीप्रति कडा आलोचना गर्ने उनी यसपटक प्रतिनिधिसभा चुनावमा सहभागी हुने भएका छन् । उनै विप्लवलाई पार्टीमा भित्र्याएर अध्यक्ष बनाउन सकिने तेस्रो विकल्पबारे पनि दाहालले निकट नेताहरूले भन्ने गरेका छन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP