Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा
साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

काभ्रेपलाञ्चोक - अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । काम सक्ने सम्झौताअनुसार बाँकी तीन हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार कार्य अधुरो अवस्थामा रहेको छ । 

तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडकको विस्तार कार्य २०७९ मङ्सिर २७ गते सम्झौता भएअनुसार अब २१ दिनको समयसीमा रहेको हो ।

उक्त सडकखण्ड विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यही मङ्सिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिनेछ । उक्त सडकखण्ड विस्तारको ठेक्का म्याद सकिनै लाग्दा भने केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ । केही स्थानमा अवरोधका कारण काम रोकिएको महिनौँ भइसकेको छ ।

Hardik health

हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छ भने हाल बनेपाको पुलबजार–जनागाल क्षेत्रमा कालेपत्र गर्ने काम भइरहेको छ ।जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाई ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ बायाँ लेनको कालोपत्रको तयारी भइरहेको छ । 

यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको छ । पछिल्लो समय राजमार्गको पहिलो खण्डको विभिन्न स्थानमा विस्तार कार्यलाई तीव्रता दिइए पनि बनेपा–पुलबजार क्षेत्रमा भने करिब दश महिनादेखि करिब २०० मिटर सडकखण्डको काममा भने स्थानीयद्वारा सेन्टर लाइनको विषयलाई लिएर अवरोध पुर्याइएको छ ।

अवरोधबारे नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन धेरै पटक छलफल भए पनि कुनै समाधनको विकल्प ननिस्किएपछि विवादित क्षेत्र छाडेर अन्यत्रको कामलाई तीव्रता दिएको आयोजनाका इन्जिनियर खनालले बताए ।आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ ।“दुवै खण्डमा विस्तार कार्य सक्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ”, प्रमुख महतोले भने । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ६ लेनमा विस्तार थालिएको हो । 


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ शुक्रबार, मंसिर ५, २०८२
राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी
राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
बेँसीसहर–चामे सडक सञ्चालनमा
बेँसीसहर–चामे सडक सञ्चालनमा शुक्रबार, मंसिर ५, २०८२
सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने
सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने शुक्रबार, मंसिर ५, २०८२
शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता
शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता शुक्रबार, मंसिर ५, २०८२
मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण
मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण शुक्रबार, मंसिर ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP