Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • आइसिटि र फाेटाेनिक्स २०२६ फेब्रुअरीमा हुँदै
आइसिटि र फाेटाेनिक्स २०२६ फेब्रुअरीमा हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

काठमाडाैं - सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिटिपि २०२६) फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिकमा आयोजना गरिने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरि सो सम्मेलनका बारेमा जानकारी दिएको हो ।

आयोजकले नेपालमा प्राविधिक सम्मेलन र वैज्ञानिक प्रकाशनको गुणस्तर बढाउनुका साथै नेपाली शैक्षिक संस्थाहरूभित्र अनुसन्धान संस्कृतिलाई बलियो बनाउने उदेश्यका साथा आइसिटिपि २०२६ को आयोजना गरिएको रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपाल तथा सम्मेलनका सचिव ई. विरोध रिजालले बताएका छन्  ।

उनले यस सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागीता रहने र उहाँहरुले आ–आफ्ना प्रस्तुति दिने कार्यक्रम समेत रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १५० भन्दा बढी अनुसन्धान पत्रहरू सो सम्मेलनमा प्रस्तुत गरिने आइट्रिपलई नेपाल सेक्सनका अध्यक्ष डा. अरुण तिमल्सिनाले बताएका छन्  ।

Hardik health

उनले विश्वव्यापी प्रविधि मानकीकरण, अनुसन्धानको गुणस्तर मापन, र विश्व(स्तरीय सम्मेलनहरूको प्रवद्र्धनमा आइट्रिपलईको महत्त्वमा जोड दिएका छन्  । सो सम्मेदनमा दक्षिण कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला रहेको छ ।

यस कार्यशालाले विभिन्न देशका सरकारी अधिकारीहरू, नीति निर्माताहरू र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएर डिजिटल गभर्नेन्सका उदीयमान नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछ।आयोजकहरूले यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्ने कुरामा जोड दिए।

पत्रकार सम्मेलनमा सम्मेलनका अध्यक्ष, चाइनाको नान्जिङ युनिभर्सिटीका प्रा। डा। विकास नकर्मीको भिडियो सन्देशसहित अन्य मुख्य वक्ताहरूको सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। आइसिटिपि २०२६ मा आविष्कार र नवपरवर्तनलाई प्रेरित गर्न, विश्वव्यापी सहकार्यलाई बलियो बनाउन र सुधारिएको तथा दिगो प्राविधिक विकासलाई समर्थन गर्ने ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्न डिजाइन गरिएका विविध सत्रहरू समावेश हुनेछन्। यस कार्यक्रमले व्यापक अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस सम्मेलनलाई प्रमुख विश्वविद्यालयहरू, इन्जिनियरिङ कलेजहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान र अन्य धेरै संस्थाहरू सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्। आयोजकहरूले यस कार्यक्रमले नेपाली अनुसन्धानकर्ताहरूका उच्च(गुणस्तरका कार्यहरू सहित प्रभावकारी अनुसन्धानहरू प्रदर्शन गर्ने एक जीवन्त मञ्चको रूपमा काम गर्ने जानकारी दिए। यो सम्मेलन रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल (रिकन ) र नेपाल इन्जिनियरिङ कलेज (नेक ) द्वारा संयुक्त रूपमा आयोजित गरिएको हो, जसमा आइट्रिपलई नेपाल च्याप्टर र आइट्रिपलईको फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजन रहेको छ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP