Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत
पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

काठमाडौं– पाटन दरबारमा १६ विद्यार्थीले कलाका पुराना अभ्यास प्रस्तुत गरेका छन् । ‘द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड’ शीर्षकमा उनीहरूले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका हाे। 

प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तन भएका छन् । परम्परागत रूपमा मानिसले बनाउने सामान प्रविधिको सहयोगमा एकैछिनमा तयार हुन्छन् । कलामा पनि प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ । काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नुअघि कलाकारले कला सिर्जनामा के कस्ता सामग्री प्रयोग गर्थे, चित्र र मूर्ति कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन् ।

उनीहरूले परम्परागत रूपमा रङहरू कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन् । विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कलामार्फत उजागर गरिदिएका हुन् । चित्रकारले परम्परागत रूपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुरालाई अध्ययन गरेर उनीहरूले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीले बताए । उनका अनुसार प्रायः काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवारको जंकमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएका छन् ।

Hardik health

पूर्वजले प्रयोग गर्ने ‘ब्लकप्रिन्ट’, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीले प्रस्तुत गरेका अध्यापक शाहीले बताए । उनले भने, “जस्तै जंकमा विभिन्न देवीदेवतालाई साक्षीका लागि आह्वान गर्नुपर्ने रहेछ । त्यो साक्षीका रूपमा माटाका भाँडा बनाएर यहाँ राखिएको हो ।” 

काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो । अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजलाई भेटेर अध्ययन गरी विद्यार्थीले कला सिर्जना गरेका शाहीले जानकारी दिए । अग्रजहरूले प्रयोग गरेका प्रविधिलाई यहाँ विद्यार्थीले उठान गरेर कला प्रदर्शनी गर्नु महत्त्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । उनले भने, “यो विद्यार्थीका लागि अध्ययनको चरण पनि भयो भने पुराना कुराहरू सिक्न पाउँदा पुस्तान्तरणसमेतमा योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो ।”

विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरू सङ्कलन गर्नुका साथै चित्र सिर्जना गरेका छन् । ती सबै सिर्जनाहरू यहाँ प्रदर्शनमा छन् । काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने विद्यार्थीले सामूहिक रूपमा यसरी कला सिर्जना गरेका हुन् । 

एउटै कपडामा समूहसमूहमा चित्र सिर्जना गरिएको छ । पहिले पनि समूहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यहीअनुसार प्रयोग गरिएको छ । नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररूपमा प्रदर्शन गरिएको छ । गाईजात्रा निकाल्दा गाईको सांकेतिक रूपमा मुकुण्डो प्रयोग गरिन्छ, सोही देखाइएको अध्यापक शाहीले बताए । 

अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताए । “समाज कसरी परिवर्तन भएको छ । नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाइ विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ”, उनले भने ।


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP