Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #एनपिएल
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत
पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

काठमाडौं– पाटन दरबारमा १६ विद्यार्थीले कलाका पुराना अभ्यास प्रस्तुत गरेका छन् । ‘द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड’ शीर्षकमा उनीहरूले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका हाे। 

प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तन भएका छन् । परम्परागत रूपमा मानिसले बनाउने सामान प्रविधिको सहयोगमा एकैछिनमा तयार हुन्छन् । कलामा पनि प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ । काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नुअघि कलाकारले कला सिर्जनामा के कस्ता सामग्री प्रयोग गर्थे, चित्र र मूर्ति कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन् ।

उनीहरूले परम्परागत रूपमा रङहरू कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन् । विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कलामार्फत उजागर गरिदिएका हुन् । चित्रकारले परम्परागत रूपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुरालाई अध्ययन गरेर उनीहरूले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीले बताए । उनका अनुसार प्रायः काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवारको जंकमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएका छन् ।

Hardik health

पूर्वजले प्रयोग गर्ने ‘ब्लकप्रिन्ट’, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीले प्रस्तुत गरेका अध्यापक शाहीले बताए । उनले भने, “जस्तै जंकमा विभिन्न देवीदेवतालाई साक्षीका लागि आह्वान गर्नुपर्ने रहेछ । त्यो साक्षीका रूपमा माटाका भाँडा बनाएर यहाँ राखिएको हो ।” 

काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो । अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजलाई भेटेर अध्ययन गरी विद्यार्थीले कला सिर्जना गरेका शाहीले जानकारी दिए । अग्रजहरूले प्रयोग गरेका प्रविधिलाई यहाँ विद्यार्थीले उठान गरेर कला प्रदर्शनी गर्नु महत्त्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । उनले भने, “यो विद्यार्थीका लागि अध्ययनको चरण पनि भयो भने पुराना कुराहरू सिक्न पाउँदा पुस्तान्तरणसमेतमा योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो ।”

विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरू सङ्कलन गर्नुका साथै चित्र सिर्जना गरेका छन् । ती सबै सिर्जनाहरू यहाँ प्रदर्शनमा छन् । काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने विद्यार्थीले सामूहिक रूपमा यसरी कला सिर्जना गरेका हुन् । 

एउटै कपडामा समूहसमूहमा चित्र सिर्जना गरिएको छ । पहिले पनि समूहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यहीअनुसार प्रयोग गरिएको छ । नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररूपमा प्रदर्शन गरिएको छ । गाईजात्रा निकाल्दा गाईको सांकेतिक रूपमा मुकुण्डो प्रयोग गरिन्छ, सोही देखाइएको अध्यापक शाहीले बताए । 

अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताए । “समाज कसरी परिवर्तन भएको छ । नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाइ विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ”, उनले भने ।


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो बिहीबार, मंसिर ४, २०८२
चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक
चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक बिहीबार, मंसिर ४, २०८२
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस बिहीबार, मंसिर ४, २०८२
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई बिहीबार, मंसिर ४, २०८२
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी बिहीबार, मंसिर ४, २०८२
अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा  अनुरोध
अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा अनुरोध बिहीबार, मंसिर ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP