Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन
राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

दाङ–  आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा  ७२ करोड १६ लाख ३७ हजार  रुपैयाँ राजस्व सलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा  ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ  राजस्व सलनको लक्ष्य रहेकामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ  सलन गरेको हो । 

कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व सलन लक्ष्यको तुलनामा ८० दशमलव २५ प्रतिशत सलन भएको हो । गत वर्षको सोही अवधिमा कार्यालयले रु ७० करोड ३८ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । 

यस वर्षको चार महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नुमा आयकरतर्फ उल्लेख्य सङ्ख्यामा करदाताबाट विवरण पेस गर्न बाँकी हुनु, जेनजी आन्दोलनका कारण कार्यालयमा क्षति भएपछि सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पनि क्षति भई पुँजीगत लाभकरमा उल्लेख्य कमी आउनुलगायत कारण रहेका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए। 

उनका अनुसार पुँजीगत खर्चमा आएको न्यूनतम, ब्याजदर घट्न गई ब्याज कर घट्नु, आन्दोलनबाट यस कार्यालयमा क्षति पुगेपछि सेवाको पुनःस्थापना तथा कार्यालय व्यवस्थापनमा केन्द्रित हुनुपरेकाले राजस्व संकलनसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक क्रियाकलापमा तीव्रता दिन नसकिनुलगायत कारण रहेका छन् । 
गत आव २०८१/८२ मा रु तीन अर्ब १४ करोड ८६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा  दुई अर्ब ९४ करोड २४ लाख रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यो आव २०८०/८१ को तुलनामा  ५४ करोड ६० लाख  रुपैयाँ  बढी हो । 

Hardik health

चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वेच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व संकलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत टण्डनले जानकारी दिए । 

त्यस्तै आर्थिक ऐन, २०८२ ले गत चैत मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण तथा कर बुझाउन बाँकी करदाता, अन्तशुल्क विवरण तथा अन्तशुल्क बुझाउन बाँकी करदाता, संस्थादर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायातसम्बद्ध संघसंस्थालाई कर कार्यालयबाट गत जेठ १५ गतेभन्दा अघि कर निर्धारण भई बक्यौता रहेका करदाता, आय विवरण पेस नगरेको अवस्थामा कर कार्यालयबाट कर निर्धारण गरिएका करदातालगायतलाई लक्षित गरी विभिन्न छुट सुविधा घोषणा गरेको उनले बताए। उनका अनुसार सोसम्बन्धी सूचना कार्यालयले विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको छ ।

उक्त छुट सुविधा उपलब्ध हुने अवधि आगामी पुस मसान्तसम्म मात्र भएकाले उल्लिखित मापदण्डभित्र पर्ने करदाताले यथाशीघ्र उक्त सुविधा लिनुहुन कार्यालयका प्रमुख प्रमुख कर अधिकृत टण्डनले अनुरोध गरे । उक्त छुट सुविधाका सम्बन्धमा आफ्ना सदस्यलाई जानकारी गराइदिनुहुन जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत सरोकार भएका निकायलाई आग्रह गर्दै उनले आवश्यक प्रचारप्रसार गरिदिएर समन्वय गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीमा अनुरोध गरे ।

यहाँबाट प्रदान गरिने सेवालाई सरल, सहज, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन कार्यालय क्रियाशील रहेको टण्डनले बताउनुभयो । कर भुक्तानी, कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र, विवरण अद्यावधिकलगायत सेवाहरू अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा रहेको उनले जानकारी दिए ।  प्रमुख कर अधिकृत टण्डनका अनुसार सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण तथा न्यूनतम शुल्कमा फाराम भरिदिने व्यवस्थाका लागि तुलसीपुर उद्योग वाणिज्य संघबाट कार्यालयसँगको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालन गरिएको छ । 

'राजस्व बुझ्नका लागि कार्यालयमा ग्लोबल आइएमइ बैको बै काउण्टर सञ्चालनमा छ । कार्यालय तथा कार्यालयको सेवा प्रवाहका सम्बन्धमा जानकारी दिन सूचना अधिकारी तथा यथोचित गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ', उनले भने । लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा, प्युठानमा व्यावसायिक स्थायी लेखा नम्बर लिएका ४३ हजार ३९, व्यक्तिगत लेखा नम्बर लिएका एक लाख २४ हजार ६९८ र संस्थागत स्थायी नम्बर लिएका ७६६ करदाता रहेका कर अधिकृत पुनले जानकारी दिए । 

जेनजी आन्दोलनका कारण कार्यालयका तीनवटै भवन, सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा अवरुद्घ भएको थियो । केही दिनपछि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यकक्षबाट सेवा सञ्चालन ग्रिएकामा हाल श्री त्रिसिद्देश्वरी मन्दिर तुलसीपुरको धर्मशाला भाडा लिएर त्यहाँबाट सेवा प्रवाह भइरहेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP