Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अरनिको राजमार्ग : धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता
अरनिको राजमार्ग : धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काभ्रेपलाञ्‍चाेक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई बढाउन पुनः प्रक्रिया थालिएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग हालै मात्र सम्झौताकार्य सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हाे । 

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । यसअघि निर्माणमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । 

भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै पुनःविस्तारकार्य गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्ध गरेको साडे चार महिनापछि साउनमा पुनः बोलपत्र आह्वान गरेको हो । चार किलोमिटर लामो उक्त सडकखण्ड अबको नयाँ निर्माण कम्पनीले समयमै सम्नेमा आशावादी भएको योगेशको भनाइ छ । 

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण ब्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको योगेशले बताए । उनका अनुसार त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिएपनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको थियो ।

Hardik health

अरनिको राजमार्गहुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूमिासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुनुपरेको छ ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि- खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी  २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरु गरिएपनि पटकपटकको वर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । 

करिब चार वर्षसम्म उक्त सडक नबनी अलपत्र अवस्थामा रहँदा यो वर्षायाममासमेत यात्रुले निकै सास्ती खेप्नुपरेको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । 

यसैबीच स्रोत सुनिश्चित भई पनि नयाँ ठेक्कामा गएपछि सडक पक्की गर्न केही महिना लाग्ने भएकोले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । 'अब नयाँ ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, यही मङ्सिरदेखि सुरु हुने भएकाले सवारी सधान तथा यात्रुलाई सहजताका लागि समयसमयमा खाल्डाखुल्डी पुर्ने काम गर्दै आएका छौँ', योगेशले भने । सडक निर्माणको काम समयमा नसकिँदा पुननिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भइसकेको छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP