काठमाडौं– सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।कर्फ्यू आदेश जारी भएको कारणले आजका सबै उडानहरू रद्द गरिएको हाे ।
बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । एयरको दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको जहाज धावनमार्ग नपुग्दै कर्फ्यू आदेश जारी भएको कारणले फर्काइएको छ । त्यसकारण आज एकमात्र उडान भएको छ।