Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’
‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर ३, २०८२
डा. भेषराज घिमिरे राजनीतिशास्त्री
Energy Drink Energy Drink
  • फलानो पार्टीका नेताहरू चुनावमा उठे हामी काट्छौ भनेर खुलेआम भन्दै छन्, सरकार मौन छ
  • चुनाव निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न हुन सकेन भने मुलुकमा लोकतन्त्रमाथि फेरि अनिश्चितता निम्तिन्छ
  • पहिचानवादीहरूको कोशी प्रदेशमा शक्ति बन्न सक्छ
  • हर्कको सानो शक्ति बन्छ, कुलमानको उम्मेदवारमा भर पर्छ
  • पारदर्शिताको प्रश्न गर्ने अहिलेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण खोई ?
  • सुशीला कार्की साँच्चै भन्ने हो भने जेन–जी समूहको व्यक्ति पनि होइन

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारीमा सरकार लागेको छ । चुनावको मिति नजिकिँदै जाँदा मुलुक विस्तारै चुनावमय हुँदै गएको छ । तर, नेकपा एमालेले उक्त चुनाव हुनै नसक्ने दाबी गरिरहेको छ । केही जेन–जी तथा अन्य विभिन्न समूहले पनि चुनावको विरुद्धमा अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । यस्तो अवस्थामा चुनाव हुन्छ कि हुँदैन ? यदि चुनाव भयो भने जेन–जी समर्थित दलहरू शक्तिमा आउँछन्÷आउँदैनन् ? सँगै गत २०७९ को चुनावमा देशको विभिन्न क्षेत्रबाट शक्ति आर्जन गरेर संसद्मा केही दलहरूको प्रतिनिधित्व भयो । आउने चुनावबाट चाहिँ जेन–जी समर्थित शक्तिहरू जनमत प्राप्त गरी संसद्मा आउने सम्भावना कस्तो छ ? अनि, जेन–जी विद्रोहपछि उथलपुथल राजनीतिक परिदृश्यमाझ हुन लागेको चुनावले मुलुकलाई सुशासनको लयमा बढाउन मार्गप्रशस्त गर्न सक्ला ? यिनै विषयहरुमा राजनीतिशास्त्री डा. भेषराज घिमिरेसँग प्रभाव दैनिकका लागि जेबी योञ्जनले गरेको कुराकानीः

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन हुने अवस्था कतिको देख्नुहुन्छ ? 
अहिलेकै अवस्थाबाट मुलुक अगाडि बढ्यो भने सम्भावना कम देखिन्छ । मैले के भन्न खोजेको भने नेकपा एमाले देशको एउटा ठूलो पार्टी हो । उसको संगठन बलियो छ । उसले भनिरहेको छ कि चुनावी वातावरण बनेन । कैदीबन्दीहरू फरार छन् । त्यत्रो हतियारहरू बाहिर छन् । अनि कसरी चुनाव हुन सक्छ ? अर्को कुरा प्रधानमन्त्रीज्यू दोस्रो तहका केही नेताहरूलाई भेट्ने प्रयत्न गर्दै हुनुहुन्छ । केही एनजिओ÷आइएनजिओद्वारा सञ्चालित मानवअधिकारकर्मीहरू र सचेत वर्ग भन्नेहरूलाई पनि भेट्दै हुनुहुन्छ । तर, देशका मूलधारका दलका मूल नेतृत्वसँग संवाद गर्न चाहिरहनुभएको छैन । 

संवाद गर्न नचाहनुको कारण के हुन सक्छ ? 
त्यो कुरा त उहाँले नै प्रस्टसँग बताउन सक्नुहोला । त्यो उहाँको आफ्नो स्वभाव पनि हुन सक्छ । उहाँले मूल दलका नेतृत्वहरूसँग संवाद गरेर चुनावी वातावरण बनाउन नचाहेको हो वा के हो ? थाहा छैन । तर, दलहरूको मूल नेतासँग संवाद नगरी चुनाव हुन अप्ठ्यारो देखिन्छ ।

यसअघि उहाँले भन्नुभएको थियो कि ‘म प्रमुख दलका प्रमुख नेताहरूको मुख पनि हेर्न चाहँदिन’ । कतै उहाँको त्यो अभिव्यक्ति यतिबेला भारी भएको हो ?
पक्कै पनि । धेरैले त्यो अभिव्यक्ति नदिएको भए पनि हुन्थ्यो भनिरहेका छन् । त्यो अभिव्यक्तिको कारण उहाँ अप्ठ्यारोमा परेको पनि हुन सक्छ । तर, के हो भने कुनै पपुलिस्ट व्यक्तिले भाषण गर्दैमा लोकतन्त्र आउँदैन । लोकतन्त्रका लागि दलहरू तयार हुनुपर्छ ।

दलहरूसँग संवाद गरिनुपर्छ । सरकार र दलहरू मिलेरै चुनाव गर्ने हो । मलाई लाग्छ, चुनावी वातावरण बनाउन अझै सरकारको क्षमता नपुगेको हो कि ? दलहरू त चुनाव चाहिरहेका छन् । नेपाली कांग्रेसले चुनावमा जाने भनेको छ । एमालेले चुनावमा जाँदिनँ भनेको होइन, चुनावी वातावरण अझै भएन भनिरहेको छ । त्यसलाई सम्बोधन गर्नुपर्छ ।

Ncell
Hardik health

उसो भए प्रधानमन्त्री सुशीला कार्कीले मूल दलका मूल नेताहरूसँग संवाद गरेर चुनाव हुने विश्वास दिलाउनुपर्छ ? 
पक्कै । लोकतन्त्र भनेको के हो ? बहुलवाद वा बहुदल हो । बहुदलीय प्रतिस्पर्धा हो । यत्रो विधि संघर्ष गरेका दलहरूका कुनै व्यक्ति विशेषलाई आरोप लगाउँदै दलहरूसँग संवाद गर्दैन, संवाद गर्दैन भने त्यो अप्ठ्यारो परिस्थिति हो । प्रधानमन्त्रीले त्यसलाई तोड्नुपर्छ । प्रधानमन्त्रीले आफ्नो भनाइलाई तोड्दै मूलधारका मूल नेतृत्वहरूसँग संवाद गरेर चुनावका लागि विश्वासको वातावरण प्रत्याभूति गर्नुपर्छ । किनभने, जेन–जी परिवर्तनपछि ठूलो मात्रामा हतियारहरू लुटिएका छन् ।

अपराधीहरूको हातमा हतियारहरू गएका छन् । जेलबाट अपराधीहरू फरार भएका छन् । तिनीहरूको हातमा ति हतियारहरू परे भने प्रहरीलाई त शान्ति सुरक्षा गर्न हम्मेहम्मे पर्छ । राम्रोसँग चुनाव हुन सकेन भने अन्तर्राष्ट्रिय मान्यता हुँदैन । यहीँ नागरिकहरूले विद्रोह गर्छन् । त्यतिबेला मुलुक फेरि अर्को अप्ठ्यारो परिस्थितिमा रुपान्तरित हुन्छ । त्यो अवस्था नआओस् भनेर सायद ठूला दलहरूले हेरिरहेका छन् । प्रधानमन्त्रीले कहिले बोलाउनुहुन्छ भनेर अपेक्षा गरिरहेका छन् । त्यसो हुनाले प्रधानमन्त्रीबाटै त्यो पहल अगाडि बढाउनुपर्छ ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपासँगै अन्य साना र नयाँ दलहरू चुनावको पक्षमा देखिए । एमाले देखिएन । एमालेविनाको चुनाव सम्भव हुँदैन र ? 
एमाले यो मुलुकको अझै पनि कमजोर शक्ति होइन । एमालेले जुन तर्क दिएको छ, सरकारले सम्बोधन गर्नु पर्दैन ? ठूलो मात्रामा हतियारहरू बाहिर छन् । प्रहरीका हतियारहरू लुटिएका छन् । त्यो कुराको निरुपण नभइकन शान्ति सुरक्षाको प्रत्याभूति कसरी हुन्छ ? कसरी निर्भयपूर्वक स्वच्छ निर्वाचन हुन सक्छ ? त्यसो हुँदा एमालेले गरेको आशंकालाई सकारात्मकरूपमै लिनुपर्छ र कुनै दलले चुनावमा भाग लिदैनौं भनेका आधारमा चुनाव नहुने होइन । तर, चुनाव निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न हुन सकेन भने मुलुकमा लोकतन्त्रमाथि फेरि अनिश्चितता निम्तिन्छ । त्यसकारण एमालेले उठाउँदै आएको विषय निर्मूल गर्नुपर्छ । सुशीला कार्की साँच्चै भन्ने हो भने जेन–जी समूहको व्यक्ति पनि होइन ।

जेन–जी समर्थित प्रधानमन्त्री त हो त !
समर्थित हुनुहुन्छ तर संविधानको स्पष्ट धाराअनुसार उहाँ प्रधानमन्त्री भएको होइन । तर, पनि उहाँ आन्दोलनपछि प्रधानमन्त्री हुनुभएको छ । मुलुकलाई सही ट्र्याकमा ल्याउने ठूलो जिम्मेवारी उहाँको काँधमा छ । उहाँलाई हामीले आशंका गरिरहेका छैनौं । उहाँको भूमिकालाई हामीले संशयले हेरिरहेका छैनौं । तर, गरेका प्रयत्नहरू त पारदर्शी हुनुपर्छ ।

जेन–जी विद्रोहमा भएको दमन र विध्वंशको जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको छ । आयोगले भोलिका दिनमा प्रतिवेदन बुझाउँदा तत्कालीन प्रधानमन्त्रीसहितका राजनीतिक नेतृत्वहरूलाई कारबाही सिफारिस ग¥यो भने चुनाव हुन्छ ?
मलाई लाग्छ, आयोगले दुईवटा पाटोबाट हेर्दै छ । एउटा २३ गतेको जेन–जी विद्रोह र २४ गतेको विध्वंश । यदि विद्रोहलाई मात्र सम्बोधन गरेर विध्वंश हेरिएन भने आयोगको प्रतिवेदनले स्वीकार्यता प्राप्त गर्न कठिन हुन्छ । किनभने सबैलाई न्याय चाहिन्छ । सुरक्षाकर्मीलाई न्याय चाहिएको छ । ति अबोध जेन–जीहरूलाई न्याय चाहिएको छ । नागरिकलाई न्याय चाहिएको छ, उद्योगी व्यापारीलाई न्याय चाहिएको छ, जसको पुस्तौंपुस्ता कमाएको सम्पत्ति खरानी भएको छ । जसका निहत्था बालबालिकाहरू मारिए । राज्यको सम्प्रभुतासँग जोडिएका संस्थाहरू खरानी भएका छन् । न्याय राज्यलाई पनि चाहिएको छ ।

जेन–जीका अभिभावकहरूलाई र जेन–जी समूहलाई न्याय चाहिएको छ । त्यसकारण दुईवटा पाटालाई हेरेर गौरीबहादुर कार्कीको आयोगले निरुपण गर्ला । यदि, बायस भएर प्रतिवेदन आयो भने त्यतिबेला स्वीकार्यता नहुन सक्छ । आयोगले परिपक्व किसिमले जिम्मेवारपूर्वक टिओआरअनुसार काम गर्दै छ भन्ने अपेक्षा गरौं । जहाँसम्म चुनावको कुरा हो, चुनाव भनेको मत पेटिकामा मत खसाल्नुमात्र होइन, मत खसाल्न निर्भयताका साथ पाइन्छ कि पाइँदैन ? स्वतन्त्र किसिमले चुनावमा प्रचारप्रसार गर्न पाइन्छ कि पाइँदैन ? हेर्नुहोस् त फलानो फलानो पार्टीका नेताहरू चुनावमा उठे हामी काट्छौ भनेर खुलेआम भन्दै छन् । सरकारले तिनलाई के गरेको छ ? त्यसरी चुनाव हुन्छ । फलनाले चुनाव जिते हामी मान्दैनौं । यो अराजक कुरा हो । सरकारले यी कुराहरूलाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन ।

चुनाव हुँदा जेन–जी समर्थित शक्तिहरू सदनमा बहुमतका साथ आउन सक्ने सम्भावना देख्नुहुन्छ ? 
जेन–जी उमेर समूहको भावना सुशासनको हो । मुलुक कूशासनमा थियो । उहाँहरूले कूशासनलाई अन्त्य गरेर सुशासनमा लानका लागि यति धेरै बलिदान गर्नुभयो । उमेर समूहले देश चलाएर चल्छ भन्ने कुरामा विश्वास गर्दैन । मलेसियामा ९० प्लसका शासकहरू जेन–जीको सोचका शासकहरू छन् । सिंगापुरमा छन् । अमेरिकामा डोनाल्ड ट्रम्प छन् भने नेपालमा उमेर समूहको हिसाब होइन ।

जेन–जी स्पिरिटअनुसारका पात्रहरू चुनावबाट आउनुहुन्छ । पार्टीहरू पुनःसंरचित हुँदै छन् । कांग्रेस, एमाले, नेकपालगायत दलहरूमा युवा सोचहरू उद्धेलित भइरहेका छन् । पुराना नेतृत्वहरू परिवर्तनलाई आत्मसात् गरिरहेका छन् । एउटा ग्यारेण्टी अबको निर्वाचनपछि सत्तामा नयाँ सोचको मानक स्थापित हुन्छ, जेन–जी विद्रोहपूर्व र पश्चात् भनेर विश्वविद्यालयहरूमा पढाइ हुन्छ, पढाउनुपर्छ । पाठ्यक्रमहरूमा ती विषय समेटिनुपर्छ ।

आगामी चुनावबाट अघिल्लो चुनावमा जसरी देशको निश्चित भू–खण्डबाट कुनै शक्तिहरूको उदय हुने देखिन्छ ?
पहिचानवादीहरूको कोशी प्रदेशमा शक्ति बन्न सक्छ, जहाँ प्रदेश नाममा विवाद छ । पहिचानवादीहरूको एउटा हिस्साले सत्तामा बलियो स्थान प्राप्त गर्छ कि भन्नेजस्तो लाग्छ । पहिचानवादीहरूले हक अधिकार खोज्नुभएको छ । उहाँहरू बलियो रूपमा आउनुभयो भने केही अधिकार पाइहाल्नुहुन्छ । त्यो त राज्य बलियो हुने कुरा हो । यो देशमा ‘स्टेट बिल्डिङ’ होइन ‘नेसन बिल्डिङ’को अपेक्षा गरिरहेका छौं । राष्ट्र निर्माण भनेको त्यही त हो । सबै जात धर्म भाषाभाषीलाई समान, समुचित र न्यायचित व्यवहार त त्यही हो ।

पहिचानपक्षधरहरूले एउटा शक्ति बनाए भने त्यो चाहिँ धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी हुन सक्छ ?
हो, तर हर्क साम्पाङजीको जुन क्रियाकलाप छ, हामीले मिडियाबाट एक÷दुई वटा सुझाव दिइरहेका छौं । उहाँले अलिकति अराजक नबोलिकन अगाडि बढ्नुभयो भने उहाँजस्ता मान्छेहरूको खाँचो छ । त्यस्तो श्रम संस्कृति विकास गर्ने समूहको खाँचो छ यो मुलुकमा । देश यहीँको ढुंगा माटोले बन्न सक्छ । यहाँकै हरियालीको माध्यमबाट बन्न सक्छ । पर्यटन क्षेत्रबाट बन्न सक्छ ।

हामीले त्यसमा विश्वास गर्छौं । हर्कजी पनि त्यही विश्वास गर्नुहुन्छ । देश विश्व बैंक, आइएमएफ, एनजिओ/आइएनजिओहरूले भन्दा यहीँका नागरिकले चलाएका व्यवहारहरूले अझ सशक्त बन्छ । हर्कजीको व्यवहार त्यो दिशामा छ । हर्कजीको पार्टी सानो हुन्छ, ठूलो भनौं । चुनावमा उम्मेदवारी दर्ता भएको छैन । कस्ता व्यक्तिहरूले टिकट पाउँछन् ? लोकप्रिय मान्छेहरूलाई टिकट दिन सके बलियो पार्टीको रूपमा स्थापित हुन सक्छ । 

कुलमान घिसिङ जो अहिले ऊर्जामन्त्री हुनुहुन्छ, उहाँ समर्थित दल उज्यालो नेपाल पार्टी पनि चुनावमा जाँदै छ, यो दल पनि शक्तिमा आउला ? 
उहाँको दलले शक्ति ग्रहण गर्न सक्छ/सक्दैन, मलाई त्यति थाहा छैन, जसरी हर्कजीको बारेमा थाहा छ । हर्कजीले मिहेनत सामाजिक सञ्जालबाट मानिसहरू थाहा पाएका छन्, रुचाएका छन् । उहाँलाई चिन्नुभएको छ । अब कुलमानजी विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक भएर चिन्नुभएको हो । अहिले ऊर्जामन्त्री हुनुहुन्छ । भोलि कसरी पर्फमेन्स गर्नुहुन्छ भन्ने कुरा त्यो पार्टीको टिकट वितरणको पारदर्शिता हेर्नुपर्ने हुन्छ ।

पार्टीमा आकर्षण गर्ने के–के कुराहरू छन् ? चुनावी घोषणापत्र नहेरिकन हामी कसैको अनुहार हेरेर वा ‘फेस रिड’ गरेर भन्न सक्दैनौं । ‘फेस रिड’ गरेर हेर्ने हो भए बिहारमा प्रशान्त किशोरले राम्रो मत ल्याउने अवस्था थियो । उनी एक सक्षम व्यक्ति थिए । बिहारलाई अगाडि बढाउन काबिल व्यक्ति हुन् । तर, उनको पार्टी सबै ठाउँमा हा¥यो । त्यसो हुनाले फेसलेमात्र, पपुलिज्मले मात्र राजनीतिमा काम लाग्दैन । राजनीतिमा दल नै चाहिन्छ । फेरि भन्छु– दल नै चाहिन्छ । दलीय अनुशासन चाहिन्छ, जुन भएन भने लोकप्रियताले मात्र व्यक्तिले चुनाव जित्दैन ।

अन्तिममा, जेन–जी विद्रोहपछि गठित नागरिक सरकारलाई प्राप्त मूल म्याण्डेट भनेको चुनाव हो । त्यसपछि भ्रष्टाचार नियन्त्रण र सुशासन हो । त्यस मामिला सरकारले लक्षण राम्रै देखाउँदै छ ?
देखाउँदै छ । अब सरकारले सीधै यो फाइल खोल, यो फाइल नखोल भन्ने हुँदैन । सरकारका संवैधानिक संस्थाहरू छन् । तिनीहरूलाई हस्तक्षेप नगरी तटस्थ रहेर काम गर्न दिए ती संस्थाहरू चलायमान हुन्छन् । यहाँ त राजनीतिक प्रभाव र दबाबका कारणले ती संस्थाहरू कमजोर देखिएका हुन् । सरकारले दबाब दिनै पर्दैन । ती संस्थाहरू त्यसैका लागि काम गर्दै छन्, गर्नुपर्छ । सरकारले त वातावरण सिर्जना गर्ने हो ।

अर्को कुरा स्वतन्त्र र निष्पक्ष निर्वाचन गरायो भने अब आउने सरकारले नै सुशासनका लागि सबै कुराहरू खोल्छ । यो सरकारले चुनावको वातावरण निर्माण गर्न बढी ध्यान दिँदा राम्रो हुन्छ । सुशासन त सबैलाई चाहिएको छ । कम्तीमा यो सरकारले हिजोका भ्रष्टाचारका फाइलहरू खोल्न नसके पनि आफूलेचाहिँ नगरोस् ।

तर, खोइ त अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण ? सार्वजनिक भएन नि ! पारदर्शिता हुनु त सबै पर्छ होला नि ! अघिल्ला सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण नआउँदा सम्पत्ति विवरण आउनु पर्दैन ? भन्ने उहाँहरू जवाफदेही हुनु पर्दैन ?
 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ'
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ' शनिबार, असोज ३, २०८३
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं'
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं' शनिबार, असोज ३, २०८३
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित]
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित] आइतबार, भदौ २८, २०८३
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’ बुधबार, भदौ २४, २०८३
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’ शुक्रबार, भदौ १९, २०८३
सिण्डिकेटको त्रास अन्त्य भएको छैन
सिण्डिकेटको त्रास अन्त्य भएको छैन मंगलबार, भदौ ९, २०८३
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP