Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पाँचवटा तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने
पाँचवटा तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २, २०८२

काँक्रेविहार- पाँचवटा तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने भएकाे छ ।  कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइविस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको हाे  ।

मुख्यमन्त्री यामलाल कँडेलले ‘तुइनमुक्त कर्णाली’ अभियान घोषणा गरेअनुसार चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठ २६ गते सार्वजनिक सूचना जारी गरी प्रदेशभित्रका सबै तुइनहरूको विवरण माग गरेको थियो ।  उक्त सूचनामा असार १० गतेभित्र तुइन रहेका नदी वा खोलाको नाम, स्थान, जिल्ला, त्यसको दूरी र सो तुइनबाट दैनिक रूपमा लाभान्वित हुने जनसङ्ख्यासहितको विस्तृत जानकारी पठाउन भनिएको थियो ।

मन्त्रालयमा दर्ता भएका अभिलेखअनुसार, प्रदेशका १० वटै जिल्लाबाट कुल ५५ वटा तुइन रहेको विवरण प्राप्त भएको थियो । यसमध्ये सबैभन्दा धेरै तुइन हुम्लामा १५ र कालीकोटमा १२ वटा रहेको उल्लेख छ ।  जाजरकोटमा १०, सुर्खेतमा आठ, डोल्पामा तीन, मुगुमा दुई, दैलेखमा दुई र सल्यानमा दुईवटा तुइन रहेको जानकारी मन्त्रालयमा दर्ता भएको थियो । यी प्रारम्भिक तथ्याङ्कले कर्णालीमा तुइनको समस्या अझै व्यापक रहेको देखाएको छ ।

Hardik health

मन्त्रालयमा दर्ता भएका ती ५५ वटा तुइनको वास्तविकता प्रमाणीकरणका लागि प्रदेश सरकारले जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूलाई खटाएको थियो । स्थलगत अध्ययन र प्रमाणीकरण प्रक्रिया पूरा गर्दा माग गरिएका ५५ वटा तुइनमध्ये पाँच वटामात्रै वास्तविक रूपमा विस्थापन गर्नुपर्ने अवस्थामा रहेको पुष्टि भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनकाअनुसार, तत्कालका लागि हुम्लामा दुई, जाजरकोटमा दुई र सल्यानमा एक गरी कुल पाँचवटा झोलुङ्गेपुल निर्माण हुने भएका छन् ।

हुम्लाको रिप्घाटमा एउटा र चाल नदीमा अर्को गरी दुईवटा झोलुङ्गे पुल बन्नेछन् । त्यसैगरी जाजरकोटको स्याकुतडास्थित बाल्तारी झोलुङ्गे पुल र छोटार्नी रटेरा झोलुङ्गे पुल निर्माण गरिनेछन् । सल्यानमा भेरी नदीमाथि एउटा झोलुङ्गे पुल निर्माण गर्ने योजना छ । प्रदेश सरकारले तुइनमुक्त अभियानका लागि चालु आर्थिक वर्षमा जम्मा  एक करोड ५० लाख   रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP