Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मुल्डे भ्यू-पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
उत्कृष्ट दृश्य बिन्दु मुल्डे भ्यू-पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं - मुल्डे भ्यू–पार्क पछिल्लोसमयमा हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’ भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने मूल्डे भ्यू–पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तब्य बन्दै आइरहेको छ । मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिले यो स्थानका लागि आवश्यक पर्यटकीय संरचना निर्माण गरेपछि यो स्थान आकर्षक गन्तब्यस्थल बनिरहेको छ । स्थानीय राजमान गुरूङको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत दोवाटोदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको मूल्डे भ्यू–पार्कलाइ पर्यटनमैत्री बनाइएको हो । 

घान्द्रुकदेखि अलिकति पारीतिरको चुइले गाउँमा जन्मिएका राजमान गुरूङ सानो छँदा बुबाहरूसँग दोबाटोहुँदै मुल्डे पुगेका थिए । मुल्डेबाट देखिने दृश्यले उनलाइ लोभ्याएको थियो । ‘दोबाटो–मुल्डेतिर गोठ ल्याउँदै गर्दा मुल्डेबाट देखिने दृश्यबाट रोमाञ्चित मैले मुल्डे भ्यु पदमार्ग सञ्चालन गर्ने मनस्थिति बनाउँदै २०५८ सालमा दोबाटोमा होटल खोल्न अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग अनुमति मागेको थिए,’ उनले भने । mulde-25-1763279826.jpg

मुल्डे पदमार्ग निर्माण एवं प्रवद्र्धन गर्न उनले दोबाटोमा २०५८ सालमै छाप्रो बनाएर व्यवसाय सुरू गरे । तर विभिन्न कारण सोचेजस्तो नभएपछि रोजगारीका लागि विदेश गएर ५ वर्षपछि फर्केका उनी फेरि मुल्डे आएर आफ्नो पुरानो छाप्रो मर्मत गर्दै मुल्डेमा पर्यटक भित्र्याउने अभियानमा कस्सिए । अहिले दोबाटोमा उनले माउन्ट लक्की होटल सञ्चालन गर्दै आएका छन् । राजमानकै पहलमा पदमार्गका अन्य ठाउँमा पनि होटल खुलेका छन् ।

‘विभिन्न ठाउँको अध्ययनपछि मूल्डेलाई भ्यूपार्ककारूपमा विकास गर्न सकिन्छ भनेर मेरै नेतृत्वमा अहिले समिति गठन भइ पार्कलाइ व्यवस्थित बनाउने कामले सफलता पाइरहेको छ,’ उनले भने, ‘यहाँ भ्यू–टावर, पिङ, ढुङ्गाको सिढी, शौचालय र टावर वरपर रेलिङ अनि ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ ।’ 

Hardik health

यस क्षेत्रकै ३ हजार ६३७ मीटरको उचाइमा रहेको मुल्डे भ्यू–पार्कबाट गुर्जा, धौलागिरी, जिर्वाङ, टुकुचेपिक, धम्पुसपिक, निलगिरीसाउथ र नर्थ, अन्नपूर्ण– १, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण– ३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मार्दी, लमजुङ, मिालचुली, बौद्ध, गणेश, मनास्लुलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ । 

पहाडी यात्राका कारण थाकेको ज्यानलाइ चिसो मौसम तथा छिन–छिनमा लुकामारी खेल्ने मौसमसँगै यहाँबाट देखिने मनोरम दृष्यले सम्पूर्ण थकाइ मेटाइदिन्छ । जो कोहीले हिमाल नजिकैबाट नियाल्ने सपना देखेका छन् भने उनीहरूका लागि मूल्डे भ्यू–पार्कको यात्रा जीवनकै अविस्मरणीय अनुभव बन्न सक्छ ।

मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिका निमित्त कोषाध्यक्ष मीना गुरूङले एकैपटक दर्जनौ हिमालहरू हेर्ने सबैभन्दा उपयुक्त स्थानकारूपमा यतिबेला मूल्डे भ्यू–पार्क भएको जानकारी दिइन् । ‘यसले जति चर्चा पाउनुपर्ने हो त्यो भने पाइरहेको छैन्,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्डे भ्यू–पार्कलाई ब्रान्डिङ गर्दै डिजिटल प्लेटफर्म, वृत्तचित्र, मिडिया टुर, ट्राभल ब्लगर र प्रदर्शनीमार्फत प्रचार–प्रसार गर्न सके यो धेरै पर्यटकका लागि आकर्षित गन्तव्य बन्ने निश्चित छ ।’

अन्नपूर्ण साउथको काखमै रहेको हिडन भ्याली
मूल्डे भ्यू–पार्कबाट देखिएका हिमश्रृङ्खला र मनोरम दृष्यले पर्यटकको धित मार्न नसकेको अवस्थामा नजिकैको हिडन भ्याली प्ग्न सकिन्छ । समुन्द्री सतहबाट करिब ४ हजार २ सयको उचाइमा रहेको यो सुन्दर फाँट मनमोहक अनि रमणीय छ । दोबाटोबाट करिब ८ मिलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्ने पदमार्गमा देखिने अनुपम दृश्यहरूले हिँड्दै गर्दा लाग्ने थकानलाइ बिर्साइदिन्छ । समितिका सहसचिव रामकाजी गुरूङले भिरालो पदमार्गको साँघुरो स्थानमा रेलिङको व्यवस्था गरिएको जानकारी दिए ।

 maulde-1763279825.jpg

‘करिब ४ घण्टाको यात्रापछि पुगिने हिडनभ्यालीको फराकिलो फाँटमा चरिरहेका चौरीको वथान, भेडाको बथान र घोडाको चरणले फरक अनुभूति दिलाउँछ,’ उनले भने ‘यहाँ रहेको हिडनलेक अर्थात त्रिवेणी तालमा अवस्थित गुरूङ समुदायको आस्थाको धरोहर मानिने त्रिवेणीदेवी मन्दिरमा हरेक जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।’ यो स्थानमा पुग्दा प्रकृतिसँग रमाउनेहरूको खुसीको सीमानै नाघ्छ । अनि उनीहरूको मानसपटलमा के धर्तीमा यस्तो ठाउँ साँच्चै छ भन्ने पर्नसक्छ । हिडनभ्यालीको यात्रा केवल हिमाल हेर्ने माध्यम मात्र होइन यो प्रकृति र आत्मशान्तिको अनौठो संगम पनि बन्नसक्छ । यहाँबाट छोमरोङ पुग्न सकिन्छ । 

यसरी पुग्न सकिन्छ मूल्डे भ्यू–पार्क
तपाइ यो भिडियो हेरेपछि मनोरम पर्यटकीय स्थल मूल्डे भ्यू–पार्क पुग्ने योजना बनाइसक्नुभएको छ भने सर्वप्रथम काठमाडौँबाट मुग्लीनहुँदै पोखरासम्मको करिब २०० किलोमिटर दूरीको यात्रा आरम्भ गर्नुपर्ने हुन्छ । पोखराको बागलुङ बसपार्कबाट घान्द्रुकका लागि जीपहरू पाउन सकिन्छ । यहाँबाट करिब ५८ किलोमीटरको जीप यात्रा पार गरेपछि पुग्न सकिन्छ– सुन्दर पर्यटकीय गाउँ घान्द्रुक । घान्द्रुकमा बास बस्नका लागि करिब एक सयको हाराहारीमा स्तरीय होटल तथा लजहरू रहेका छन् ।mudlee-1763279826.jpg
यसैगरी घान्द्रुकबाट मूल्डे भ्यू–पार्कका लागि यात्रा गर्दा पदमार्गमा पर्ने कोर्मोडाँडामा ५ वटा होटल छन् भने मेलाँचेमा १, चुइलेमा ६, सिप्रुङमा १ अनि टाडापानीमा १० वटा होटल तथा लजहरू छन् । तपाइ घान्द्रुकबाट सिधै टाडापानीको पैदलमार्ग पनि जान सकिन्छ । यो बाटो हिँड्दै गर्दा भैँसेखर्कमा २ वटा लजहरू छन् । टाडापानीबाट अघि बढ्दै गर्दा मेसारमा पुगेपछि ३ वटा होटल छन् भने इसारूमा पनि ३ वटा नै होटल रहेका छन् ।

त्यसपछि पुग्ने गन्तब्य दोबाटोमा ३ वटा होटल छन् । दोबाटोमा आराम गरेपछि करिब आधा घण्टाको यात्रापछि तपाइ मूल्डे भ्यू–पार्क पुग्न सक्नुहुन्छ । अनि यहीँबाट तपाइ खोप्रो, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी–पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिणलगायत पदयात्रा गर्न पनि सकिन्छ । मुल्डेबाट मनोरम दृष्यावलोकन गरेर धीत मरेको छैन भने अनि तपाइ पुग्ने गन्तब्य पौडे अर्थात हिडन भ्याली हुनेछ । जहाँ बास बस्नका लागि ३ वटा होटल रहेका छन् । यहाँको बसाइले तपाइलाइ स्वर्गीय आनन्द दिलाउनेमा कुनै द्विविधा छैन् । रमणीय र स्वर्गीय आनन्दले भरिपूर्ण यो ठाउँको यात्रा तपाइका लागि पक्कैपनि अविस्मरणीय रहने छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:२९
#मुल्डे भ्यू-पार्क
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै सोमबार, मंसिर २२, २०८२
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन सोमबार, मंसिर २२, २०८२
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’ आइतबार, मंसिर २१, २०८२
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण आइतबार, मंसिर २१, २०८२
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP